• सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाले नै आफ्ना पीएसओलाई कोरोना पोजेटिभ देखिएको कुरा सामाजिक संञ्जालमा पोष्ट गरेका छन् ।

    न्यायाधीश खतिवडाले फेसवुकमा लेखेका छन्– ‘श्रावण २२ गते बिहीवारसम्म मेरो सुरक्षाका लागि खटिएका एकजना तामाङ थरका सुरक्षाकर्मी ९पीएसओ० मा कोभिड–१९ पोजेटिभ देखियो । नमुना २६ गते दिएको र नतिजा आज करिब १।३० बजे थाहा भयो । त्यसैले शंकाको अवस्था पैदा भएको छ । मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन । आशा छ, मलाई संक्रमण भएको छैन होला । तथापी सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दूरी कायम राखेर बसेको छु । स्वास्थ्य मन्त्रालयका सम्वन्धित अधिकारीहरुसँग सम्पर्क र प्रारम्भिक परामर्श भएको छ । थप नयाँ कुरा भएमा यथासमयमा सम्प्रेषण गरिने नै छ । यसलाई सहज र सामान्य रुपमा लिइदिनुहुन सवै शुभेच्छुक प्रियजनमा अनुरोध छ ।’