

-
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम बढिरहने जानकारी दिए । उनले लकडाउन खुलेसँगै मानिसले स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोभिड–१९ को सङ्क्रमण बढेको बताए ।
उनले सरकारले प्रभावकारी कदम चालेको कारणले अन्य देशभन्दा नेपालमा सङ्क्रमितको सङ्ख्या तथा मृत्युदर पनि कम रहेको उल्लेख गरे । “मन्त्रालयले प्रक्षेपण गरेअनुसार यही साउन २५ गतेसम्म खराब अवस्थामा ९१ र अगामी भदौ २ गतेसम्म मध्यम अवस्थामा ३९ हजार पुग्ने अनुमान गरिएको थियो”, उनले भने, “तर सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाममा खेलेको भूमिका र स्वास्थ्यकर्मीको प्रयासका बाबजुद हामीले त्यो अनुुमान गरेको सङ्ख्याभन्दा कम नै सङ्क्रमित रहेका छन् ।”
मन्त्री ढकालले पहिले देखिएका स्थानमा पुनः सङ्क्रमित देखिन थालेको जनाउँदै लक्षण नदेखिएका सङ्क्रमितलाई चिकित्सकको निगरानीमा घरमै रहेको आइसोलेसनमा राखिने जानकारी दिए । “अरू देशमा सङ्क्रमित भएको ठाउँमा फेरि भयाभह रुपमा सङ्क्रमित देखिएका छैनन् तर यहाँ भने पहिले सङ्क्रमित देखिएका ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन्”, उनले भने, “वीरगञ्ज, बाँके, उदयपुर, कैलालीजस्ता ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन् । त्यसैले अझ सतर्कता अपनाउन आवश्यक रहेको छ ।”
उनले सरकारले कोभिड–१९ नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको भन्दै जथाभावी आलोचना नगर्न आग्रह गरेका छन् । “हामीले अहिलेसम्म जे जे उपाय अपनाएर नियन्त्रण र रोकथाम गर्न सकिन्छ । त्यो सबै गरेका छौँ । अहिलेसम्म हामीले गरेको उपाय भएको छैन भने सुझाव गर्नुहोस”, उनले भने, “हामीलाई त्यो सुझाव राम्रो लाग्यो भने रोकथाममा सहयोग पुर्याउने छ । तर अनावश्यक आलोचना नगर्नुहोस् ।
News Desk 0 response मङ्लबार, साउन २७, २०७७


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१