-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय रहेको बताएका छन् । उनले आज प्रेस नोट जारी गर्दै जसपाले सोमबार प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्ति निकाली “केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको” भनी गरेको टिप्पणी अशिष्ट र पूर्वाग्रही तथा अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको बताएका छन् ।
“राजनीतिक दलले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्दछन्”, उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, “ तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्ध प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गम्भीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरीत रहेका छन् ।”
प्रेस सल्लाहकार थापाले पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका तथा आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउने संलग्न दलबाट यसस्तरको टिप्पणी कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन मात्र भएको उल्लेख गरेका छन् । “राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यसस्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला”, उनले भनेका छन्, “ सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा आँंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भत्र्सनामा जुट्छन् ।”
आफ्नो निहित स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले छ दशकयता यसो गर्दै आएको तथा ती इतिहासको गर्तमा सीमित भइसकेको जनाउँदै थापाले अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर रहेको जनाएका छन् ।
News Desk 0 response मङ्लबार, साउन २७, २०७७
सम्बन्धित शीर्षकहरु
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी कम्पनीमाथि व्यापार प्रतिबन्ध
बुधबार, मंसिर २६, २०८१दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७ सय विन्दुमाथि
बुधबार, मंसिर २६, २०८१काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१-
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन..
बुधबार, मंसिर २६, २०८१ -
दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१ -
शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७..
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१ -
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१
-
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन..
बुधबार, मंसिर २६, २०८१ -
दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१ -
शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७..
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१ -
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१