

-
विराटनगर । विराटनगरमा कोरोना सङ्क्रमणको जोखिमले सरकारी सेवाप्रदत्त कार्यालय प्रभावित बन्न पुगेका छन् । अहिले कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन गर्न सकस भइरहेको छ ।
यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । यसपछि कार्यालय सञ्चालन गर्न समस्या भइरहेको कार्यालय प्रमुखहरु बताउँछन् । नापी र मालपोत कार्यालय ७२ घण्टाका लागि बन्द गरिएको छ । नापी शाखाका दुईजना कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि मोरङको गोठगाउँस्थित क्वारेन्टिनमा लगिएको छ । चालीस जना कर्मचारी रहेको नापी शाखामा सोमबार २० जनाको स्वाब परीक्षणमा पठाइएको छ र आज थप २० जनाको स्वाब लिने तयारी भइरहेको कार्यालय प्रमुख दामोदर वाग्लेले जानकारी दिए । निकै भीडभाड हुने र कार्यालयकै कर्मचारीमा कोरोना देखिएपछि कार्यालायमा स्यानिटाइज गर्नुुपर्ने र यसका लागि जनस्वास्थ्य कार्यालय, महानगपालिका वा अन्य सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने उनले बताए ।
डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले कर्मचारीलाई विशेष सावधानी अपनाउन र आफ्ना निजी सवारी साधन नभएका कर्मचारीलाई कार्यालय नआई घरबाटै सेवामा जुट्न निर्देशन दिएको बताए ।
कोरोना सङ्क्रमित एक वृद्धाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर–५ का मधुमेह र उच्च रक्तचापबाट पीडित ७७ वर्षीय वृद्धाको कोशी अस्पताल आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको कोभिड–१९ सङ्क्रमणको रिपोर्ट आउनुअघि मृत्यु भएको प्रमुख बस्नेतले बताए । मोरङमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यहाँ सङ्क्रमितका सङ्ख्या १४२ पुगेका छन् ।
News Desk 0 response मङ्लबार, साउन २०, २०७७


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१