दोहोरो कर्मचारी बेरुजुको भारी
महालेखा परीक्षकको टोली सम्बन्धित स्थानीय तहमा नै उपस्थित भै राजनीतिक तथा प्रशासनिक नेतृत्वसँगै बसेर लेखापरीक्षण कार्य गर्नुपर्दछ । जनशक्तिको अभावको कारण देखाइ जिल्ला सदरमुकाममा दस्तावेज झिकाइ सीमित कर्मचारीसँग बसेर गरिने लेखापरीक्षण कार्यले केही असजिलो र द्धिविधा त भैरहेकै छ । अडिट शुरु गर्नुपूर्व र लेखापरीक्षण सम्पन्न पश्चात राजनीतिक नेतृत्वसँग छलफल तथा परामर्श हुन नसकेको गुनासो स्वयम् जनप्रतिनिधिहरुबाट आइरहेको छ ।
-
काठमाडौं । संविधानत स्थानीय तह स्वायत्त हुँदाहुँदै पनि प्रशासनिक नेतृत्व र लेखाको नेतृत्व संघबाट नै खटाउने व्यवस्थाका कारण बेरुजु बढेको बिश्लेषण हुन थालेको छ । वित्तीय अनुशासन कायम गर्ने मुख्य जिम्मेवारी लेखा र प्रशासकीय अधिकृतहरुको हो । तोकिएको ढाँचामा लेखा राख्ने र समयमा लेखापरीक्षण गराउने दायित्व सम्बन्धित पदाधिकारीको हो । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच यस कार्यमा प्रभावकारी समन्वय हुन नसक्दा समस्या आएको गाउँपालिका महासंघमा लामो समय काम गरेका अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलको अनुभव छ ।
महालेखा परीक्षकको टोली सम्बन्धित स्थानीय तहमा नै उपस्थित भै राजनीतिक तथा प्रशासनिक नेतृत्वसँगै बसेर लेखापरीक्षण कार्य गर्नुपर्दछ । जनशक्तिको अभावको कारण देखाइ जिल्ला सदरमुकाममा दस्तावेज झिकाइ सीमित कर्मचारीसँग बसेर गरिने लेखापरीक्षण कार्यले केही असजिलो र द्धिविधा त भैरहेकै छ । अडिट शुरु गर्नुपूर्व र लेखापरीक्षण सम्पन्न पश्चात राजनीतिक नेतृत्वसँग छलफल तथा परामर्श हुन नसकेको गुनासो स्वयम् जनप्रतिनिधिहरुबाट आइरहेको छ ।
प्रतिवेदनमा सबै भन्दा कम र बढी बेरुजु हुने स्थानीय तहको बारेमा देखाईएको आँकडाले पनि नयाँ तथ्य देखाएको छ ।
कुल ७ सय ५३ स्थानीय तह मध्ये अघिल्लो आर्थिक बर्षमा १० वटा स्थानीय तहले आफ्नो लेखापरीक्षण नै गराएनन् । ती मध्ये सिराहाको भगवानपुर र नवराजपुर गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, सर्लाहीको बलरा र कविलासी नगरपालिका तथा वसवरिया गाउँपालिका रहेका छन् । त्यसैगरी रौतहटको फतुवा विजयपुर नगरपालिका, पर्साको ठोरी र जिराभवानी गाउँपालिका तथा रामेछापको लिखु तामाकोशी गाउँपालिका समेत गरी १० वटाले लेखा परीक्षण गराएका छैनन् । ती स्थानीय तहले लेखा परीक्षण गराउने जिम्मेवारी, उत्तरदायित्व तथा जवाफदेहिता नलिएको प्रतिवेदनले दावी गरेको छ ।
७ सय ४३ स्थानीय तहको बेरुजुको अवस्थाको विश्लेषण गर्दा १ प्रतिशत भन्दा कम बेरुजु हुनेको संख्या ५२ रहेको छ भने १० प्रतिशत भन्दा बढी बेरुजु हुनेको संख्या ७८ रहेको छ ।
महालेखाले भर्खरै आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक भएको प्रतिवेदनमा संघीय सरकारका साथै स्थानीय सरकारका बारेमा धेरै प्रश्न उठाईएको छ । प्रतिवेदन अनुसार फछर्यौट गर्न बाँकी कुल बेरुजु ४ खर्ब १८ अर्ब ३२ करोड कायम भएको छ भने यस वर्ष मात्र बेरुजु रकम १ खर्ब ३३ अर्ब रहेको छ । संघ, प्रदेश र स्थानीय तहको विगत तीन आर्थिक बर्षको बेरुजुको अवस्थाको तुलना गर्दा संघको बेरुजुको तुलनामा प्रदेश र स्थानीय तहको बेरुजुको दर बढ्दै गएको देखिन्छ । स्थानीय तहमा वार्षिक लेखापरीक्षण अंकको ५.०८ प्रतिशत बेरुजु रहेको छ । गत वर्ष लेखापरीक्षण अंकको ४.२२ प्रतिशत बेरुजु रहेको थियो । गत वर्षको तुलनामा स्थानीय तहमा रु १३ अर्ब ९९ करोड बेरुजु बढेको छ । बेरुजुको प्रकार अनुसार स्थानीय तहको कुल बेरुजु अँक देहाय अनुसार रहेको छ ।
स्थानीय तहमा बेरुजुको आकार बढ्दै जानु सकारात्मक होइन । मलेपको प्रतिवेदन सार्वजनिक भएपछि स्थानीय तहको बेरुजुमा नै केन्द्रित भएर बहश भैरहेको छ । यहाँ बेरुजुको कुल रकममा नभै बेरुजुको प्रतिशतमा हुने गरिन्छ । संघीय सरकारको बेरुजुको प्रतिशत त कम होला तर अँक धेरै नै बढी छ किनकी उसको बजेटको आकार नै बढी छ । तर पनि स्थानीय सरकारहरुले आफुलाई सुधार्नुको विकल्प छैन । महालेखा परीक्षकको प्रतिवेदन अध्ययन गरी शून्य बेरुजुको लक्ष्य राखेर वित्तीय कारोवार गर्न ध्यान दिनु पर्दछ ।
वित्तीय अनुशासनको पालना र बेरुजुको विषयमा स्थानीय सरकारलाई औला ठड्याइरहँदा केही सवालहरुलाई भने भुल्नु हुँदैन ।
स्थानीय सरकारहरुले आफ्नो आधा कार्यकालसम्म आइपुग्दा संघीयताको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाह र विकास निर्माण कार्यमा उत्कृष्ट कार्यसम्पादन गरिरहेका छन् । मलेप प्रतिवेदनले राम्रा कार्यको भन्दा पनि कमीकमजोरीलाई नै औल्याएर सुधार गर्न लगाउने भएकोले यस प्रतिवेदनमा हामीले सकारात्मक पक्षको अपेक्षा गर्नु हुँदैन । बेरुजुको अद्यावधिक विवरण तयार गर्ने र बेरुजु फछर्योटलाई प्रभावकारी बनाउन ध्यान दिनु पर्दछ । वित्तीय अनुशासन कायम गर्न र स्थानीय सरकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन संबैधानिक निकायले दिएको सुझाव र निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु नै स्थानीय सरकारको प्रमुख दायित्व हो ।
१ प्रतिशत भन्दा कम बेरुजु हुने स्थानीय तहको संख्या ५२ वटा अर्थात ७ प्रतिशत रहेका छन् भने १० प्रतिशत भन्दा बढी बेरुजु हुनेको संख्या ७८ अर्थात १० प्रतिशत रहेको छ । प्रदेशगत रुपमा हेर्दा १ प्रतिशत भन्दा कम बेरुजु हुने संख्या प्रदेश १ मा बढी रहेको छ भने १० प्रतिशत भन्दा बढी बेरुजु सबै भन्दा बढी प्रदेश नं. २ मा रहेको छ जहाँ ७८ वटा मध्ये ४९ वटा स्थानीय तहमा १० प्रतिशत भन्दा बढी बेरुजु रहेको छ । समग्रमा हेर्दा प्रदेश नं. २ का स्थानीय तहमा वित्तीय अनुशासन कायममा धेरै चुनौती रहेको छ ।
स्थानीय तहको प्रदेशगत रुपमा हेर्दा सबैभन्दा कम बेरुजु गण्डकी प्रदेशमा (३.५२ प्रतिशत) रहेको छ भने सबैभन्दा बढी प्रदेश नं. २ मा (९.२९ प्रतिशत) रहेको छ । बेरुजुको आकारको आधारमा प्रदेश २ पछि क्रमश कर्णाली (५.३१ प्रतिशत), बागमती (४.७७ प्रतिशत), सुदुरपश्चिम (४.७३
प्रतिशत) र प्रदेश नं. १ (३.६० प्रतिशत) रहेको छ । यसैगरी गाउँपालिका र नगरपालिकाको बेग्लाबेग्लै रुपमा हेर्दा गाउँपालिकाहरुको बेरुजु ४.७४ प्रतिशत रहेको छ भने नगरपालिकाहरुको बेरुजु ५.१४ प्रतिशत रहेको छ ।-जनप्रशासन पाक्षिकबाट
News Desk 0 response आइतवार, साउन १८, २०७७
सम्बन्धित शीर्षकहरु
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
मङ्लबार, अशोज २२, २०८१राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
मङ्लबार, अशोज २२, २०८१-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
मनसुन अझै केही दिन रहने : पूर्वी..
शनिबार, अशोज १९, २०८१