

-
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५ औं वर्ष प्रवेशका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपाललाई उच्च महत्व दिएको बताएका छन् । राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई पठाएको बधाई सन्देशमा दुवै देशले एकअर्कालाई ससम्मान समान व्यवहार गर्दै आएका बताएका हुन् । उनले चीन र नेपालबीच ६५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक राजनीतिक विश्वास सुदृढ हुनाका साथै आपसी लाभका खातिर सहयोगात्मक सम्बन्ध घनिभूत भएको पनि बताएका छन् । राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन लागि रहेको पनि स्पष्ट पारेका छन् ।
त्यस्तै सीले चीन–नेपाल सम्बन्धलाई अग्रगामी तुल्याउन, दुवै देशका जनतालाई विकासका बृहत् प्रतिफलबाट लाभान्वित बनाउन र यस क्षेत्रको विकास एवं स्थायित्वका निम्ति रचनात्मक योगदान गर्न नेपालसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएकी छन् । उनले राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई तथा शुभकामना दिएकी छन् । उक्त सन्देशमा राष्ट्रपति भण्डारीले दुई मुलुक बीचको सम्बन्धलाई थप मजबुत र मैत्रीपूर्ण बनाउनु पर्नेमा जोड दिएकी छन् ।
उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छन् । राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी छन् ।
News Desk 0 response शनिबार, साउन १७, २०७७


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२