

-
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३८ जनामा संक्रमण देखिएको बताएका हुन् । जसमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एक जना छन् ।
बिहीबारमात्र उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढिरहेको छ । बढी घुलमिल भएर बस्ने समूहमा नै कोरोना संक्रमण दर बढ्दै गएको मन्त्रालले जनाएको छ । काठमाडौं उपत्यकामा हालसम्म ५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा बढी १० हजार ७६८ वटा नमूनाको परीक्षण हुँदा मुलुकभरबाट २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यीसँगै नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । त्यसैगरी हालसम्म १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् भने ५६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी सक्रिय संक्रमित ५ हजार ३१६ जनाको मुलुकभरका विभिन्न कोभिड-१९ अस्पतालको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले बताएको छ । अहिले क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ ।
News Desk 0 response शुक्रबार, साउन १६, २०७७


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२