-
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिएकी हुन् । सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीक चिह्न अङ्कित लकेट प्रदान गरेका थिए ।
तत्कालीन जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको ठहर गर्दै पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य समावेशी समूहको क्रमसङ्ख्या २ मा रहेकी सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो । तत्कालीन नेकपा (माले) को विद्यार्थी सङ्गठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गरेकी सांसद सिटौला जसपाका संस्थापक सदस्य पनि हुन् । झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मिएकी सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताइन् ।
News Desk 0 response बुधबार, साउन १४, २०७७
सम्बन्धित शीर्षकहरु
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै
मङ्लबार, अशोज २९, २०८१दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा च्याङग्राको व्यापार
मङ्लबार, अशोज २९, २०८१रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै
सोमवार, अशोज २८, २०८१अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने
सोमवार, अशोज २८, २०८१-
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१ -
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी..
सोमवार, अशोज २८, २०८१ -
इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक..
सोमवार, अशोज २८, २०८१
-
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक..
मङ्लबार, अशोज २९, २०८१ -
दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडा..
मङ्लबार, अशोज २९, २०८१ -
रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन..
सोमवार, अशोज २८, २०८१ -
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी..
सोमवार, अशोज २८, २०८१ -
इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक..
सोमवार, अशोज २८, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर..
सोमवार, अशोज २८, २०८१