-
काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ । सिंहदरबार परिसरमा यही असोज २४ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले जानकारी दिएका छन् ।
विसं २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचनमा पुण्यप्रसाद ढकालको नेतृत्वमा निर्वाचित पदाधिकारीको पदावधि छ महिना बाँकी छ । अध्यक्ष ढकालको उपसचिवमा बढुवा भएपछि अहिले कार्यवाहक अध्यक्षको रुपमा पोखरेल छन् । सरकारले निर्वाचनका लागि कलानिधि पौडेल प्रमुख निर्वाचन अधिकृत तोकेको छ । कार्यवाहक अध्यक्ष पोखरेलले निर्वाचन कार्यालय स्थापनासँगै मतदाना नामावली, निर्वाचन कार्यविधि तयार गरिने बताए ।
उनले निर्वाचन कार्यालय स्थापना भए पनि कोभिड–१९ र त्यतिबेला नै कर्मचारीको सरुवा हुने भएकाले तोकिएको समयमा निर्वाचन गर्न कठिनाइ हुने बताए । करिब ९२ हजार निजामती कर्मचारीले सहभागी हुने निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा देशभर एकै पटक हुने छ ।
निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्घ युनियन, मधेशी कर्मचारी मञ्चलगायत कर्मचारीका सङ्घ सङ्गठनको सहभागिता हुनेछ । कार्यवाहक अध्यक्ष पोखरेलले निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीलाई पनि समेट्नुपर्ने बताए । स्वास्थ्य सेवामा करिब २२ हजार कर्मचारी रहेका छन् ।
News Desk 0 response बुधबार, साउन १४, २०७७
सम्बन्धित शीर्षकहरु
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
मङ्लबार, अशोज २२, २०८१राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
मङ्लबार, अशोज २२, २०८१-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
बिहिबार, अशोज २४, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता..
मङ्लबार, अशोज २२, २०८१ -
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका..
मङ्लबार, अशोज २२, २०८१ -
क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय
मङ्लबार, अशोज २२, २०८१
-
बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल..
मङ्लबार, अशोज २२, २०८१ -
काठमाडौं उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन
मङ्लबार, अशोज २२, २०८१ -
निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान..
सोमवार, अशोज २१, २०८१ -
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जित्यो
आइतवार, अशोज २०, २०८१ -
मनसुन अझै केही दिन रहने : पूर्वी..
शनिबार, अशोज १९, २०८१