

-
काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिदा दिई यही साउन १ गतेदेखि अनलाइन कक्षा स्थगन गराएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन), नेपाल शिक्षक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासङ्घसँग परामर्श गरेको थियो ।
शिक्षक र अभिभावकले पनि निजी विद्यालयलयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए । सरकारले जारी गरेको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि गत असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको छ । कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले पनि आफ्ना क्याम्पस खोल्न थालेको छ ।
News Desk 0 response बिहिबार, साउन ८, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२