

-
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिएका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ गर्दै उनले आचारसंहिता बहालमा रहँदा होस् वा अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताएका थिए । प्रधानसेनापति थापाले भने, “पेशेवर र व्यावसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सङ्गठन भएकाले सेनामा आचारसंहिता पालनामा हरेक व्यक्ति गम्भीर हुन आवश्यक छ ।”
सकलदर्र्जालाई बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्नहुने र गर्ननहुने कार्यका बारेमा सुसूचित गराउँदै अनुशासित, आचारणयुक्त र जिम्मेवार व्यक्तिका रुपमा विकास सेनाले सबै तह र निकायमा अघिल्लो वर्षदेखि यो सप्ताह मनाउन शुरु गरेको हो ।
सप्ताहका क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनोट, आर्थिक कारोवार, लैङ्गिक आचरणलगायत विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल र प्रवचन सञ्चालन हुने छ । अघिल्लो वर्ष वैशाख ६ देखि १३ गतेसम्म ‘नेपाली सैनिक आचारसंहिता सप्ताह’ कार्यक्रम पहिलोपटक आयोजना गरिएको थियो । सेनाका सबै तह र संरचनामा विद्युतीय माध्यमबाट प्रत्यक्ष जानकारी लिन सक्ने गरी उक्त कार्यक्रम सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, साउन २, २०७७

सम्बन्धित शीर्षकहरु
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
सोमवार, फाल्गुन ४, २०८२
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



