

-
तनहुँ । केही दिनदेखि भीषण वर्षाको खबर सुन्नुभएका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए ।
पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उनीहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए । राति १२ बजे अकस्मात पहिरो झर्दा आनबहादुर र श्रीमती त बाँच्न सफल भए तर उनीहरुका दुई छोरा र दुई बुहारी र नातिनीको भने ज्यान गयो । घटनापछि आनबहादुर सकुशल छन् भने उनकी श्रीमती ज्योतिमायालाई उपचारका लागि पोखरा पठाइएको छ ।
“आनबहादुर र ज्योतिमाया सुतेको पुरानो घर भत्किए पनि उनीहरुको ज्यान जोगिएको छ”, ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले भने, “तर सँगै जोडिएको नयाँ घर भने पूरै भत्किएर पाँच जनाको निधन भयो ।” पहिरोले घर पुरिँदा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी पाँच वर्षीया अमिषा, २२ वर्षीय महादेव र निजकी श्रीमती १९ वर्षीया मनिसराको निधन भयो । एकै परिवारका पाँच जनाको पहिरोले पुरिएर निधन भएपछि सिङ्गो गाउँ नै स्तब्ध छ । “एकदमै नसोचेको घटना भयो, गाउँ पूरै स्तब्ध छ”, उनले भने ।
रातिको समयमा घटना घटेकाले स्थानीयवासीले थाहा पाउँदा बिहानको ५ बजेको थियो । लगत्तै प्रहरीलाई खबर पुगेपछि प्रहरी पनि घटनास्थलमा पुगेर पहिरोमा पुरिएकाको उद्धारमा जुटेको थियो । साथै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । दिनभरको प्रयासपछि घरमा पुरिएका पाँच जनाको नै शव निकालिएको छ ।
विदेश जाने सपना पहिरोमा बिलायो
व्यास नगरपालिका–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४० वर्षीया कमला, छोराहरु २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अन्जनाको निधन भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर घाइते केशरबहादुरलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । केशरबहादुरका २० वर्षीय राजेश भने अझै बेपत्ता छन् ।पहिरोमा पुरिएर मृत्यु भएका मनोज वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गर्दै थिए तर उनको विदेश जाने सपना पहिरोमै बिलाएको छ । मनोज वैदेशिक रोजगारीका लागि दुबई जान काठमाडौँ यात्राको तयारी गर्दै थिए । रातिबाटै परेको पानी घरभित्र पसेपछि केशरबहादुर पानी बाहिर फाल्दै थिए । अचानक घर पुरिँदा केशरबहादुर भाग्न सफल भए तर घरभित्रका सबै जनाको पहिरोले पुरिएर निधन भयो । रासस
News Desk 0 response मङ्लबार, असार ३०, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२