-
काठमाडौँ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८८४ स्वदेश फर्किएका छन् ।
उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।
नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर्ड उडान गरिरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।
सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो । अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको छ ।
News Desk 0 response आइतवार, असार २८, २०७७

सम्बन्धित शीर्षकहरु
-
भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु
शनिबार, माघ ३, २०७७ -
प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’
शनिबार, माघ ३, २०७७ -
लडेर प्रहरी हवल्दारको मृत्यु
शनिबार, माघ ३, २०७७ -
सरकारले दियो कोरोना खोपलाई अनुमति
शुक्रबार, माघ २, २०७७ -
वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको..
शुक्रबार, माघ २, २०७७
-
भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु
शनिबार, माघ ३, २०७७ -
प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’
शनिबार, माघ ३, २०७७ -
लडेर प्रहरी हवल्दारको मृत्यु
शनिबार, माघ ३, २०७७ -
सरकारले दियो कोरोना खोपलाई अनुमति
शुक्रबार, माघ २, २०७७ -
वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको..
शुक्रबार, माघ २, २०७७
-
ढिलासुस्ती गर्ने घुस माग्ने !
बुधबार, पुस २९, २०७७ -
राजनीतिले छोपेको हुन्छ भ्रष्ट रंग
बुधबार, पुस २९, २०७७ -
माघ एकमा सार्वजनिक बिदा , राष्ट्रियसभाको अधिबेशन..
आइतवार, पुस २६, २०७७ -
‘जनप्रतिनिधि र कर्मचारीबीच समस्या देखिएका छन्’
बुधबार, पुस २९, २०७७ -
दक्षिण र उत्तरी सीमामा भाषा जानेको जनशक्ति..
बुधबार, पुस २९, २०७७