

-
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई, एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् ।
स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । दमका बिरामी मदन राईको हृदयघात भएर मृत्यु भएको पनि प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
पहिराले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ पहिराले बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ ।
त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन् ।
News Desk 0 response आइतवार, असार २८, २०७७

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२



