

-
जाजरकोट । बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ ।
बारेकोटमा आठ घर पहिरोले पुरेको छ । बारेकोट–४ जिरी सार्कीटोलमा गएराति पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँच जनाको शव फेला परेको छ । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षका छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका २० वर्षीय डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । अर्को एक जना शवको पहिचान खुल्न नसकेको उनले बताए । पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
पहिरोले बारेकोट–४ सार्कीगाँउका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा भएको घटनामा पाहुन आएका दुई जनासहित सात जना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बाढीमा बेपत्ता भएका छन् । रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयवासीले बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गम्भीर घाइते भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताएका छन् । त्यस्तै जुनिचाँदे गाउँपालिका–११ चैतेका डिल्लीबहादुर चदारा वडा नं ३ स्थित सानाखोलामा लडेर खोलामा पर्दा बेपता भएका छन् ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनास्थलमा टेलिफोन नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना सङ्कलनमा समस्या भएको उनले बताए । त्यस्तै बारेकोट–४ का लालबहादुर नेपाली पहिरोमा परी गम्भीर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उनको उद्धारका लागि हेलिकप्टर पठाउन खोजेको भए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको छैन । गएराति परेको अविरल वर्षात्ले बारेकोटका विभिन्न बस्ती जोखिममा परेका छन् । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको बारेकोट गाउँपालिका–४ की अध्यक्ष सिर्जना बस्नेतले बताइन् । घटनास्थल सदरमुकाम खलङ्गादेखि दुई दिन पैदल दूरीमा २५ कोस उत्तरपूर्वमा पर्छ ।
News Desk 0 response शुक्रबार, असार २६, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२