• काठमाडौँ ।

    अरुको भ्रष्टाचारको बिषयलाई बुट्टा भरेर प्रकाशन गर्ने नयाँपत्रिका दैनिकका कार्यकारी निर्देशक सुशील थापासहितको विरूद्धमा करछलीको मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले थापा नेतृत्वको जिमी ग्रुपका विरूद्धमा १८ करोड ३३ लाख २२ हजार सात सय ९६ रूपैयाँ कर छली गरेको अभियोगमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

    विभागले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा रहेको नयाँ पत्रिकाका कार्यकारी निर्देशक थापा अध्यक्ष रहेको जिमी ग्रुपले झुटा र नक्कली भ्याट बिलको प्रयोग गरेर कर छलेको अभियोग लागेको जानकारी दिएका छन । स्थायी लेखा नं। ६०३५७१०४८ भएको जिमी ग्रुपका विरूद्धमा असार २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ ।

    जिमी ग्रुपले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्भि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागको दाबी छ । थापाको जिमी ग्रुपले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित ऐ ऐनको दफा ४ को (क), (ख) र (छ) तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन २०७६) ऐन २०५२ को दफा ४ को (क), (च) र (झ) को कसूर गरी जिमी ग्रुप प्रालि (स्थायी लेखा नं ६०३५७१०४८० ले मुअकर तर्फ रु ५९७९९८२५, आयकर तर्फ रु १०७९१९११५ र लाभांस कर तर्फ रु १५६०३८५६ राजस्व चुहावट गरेको विभागले ठहर गरेको छ ।