

-
म्याग्दी । गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीको नागढुङ्गा, दानाको ढुवारी खोला, गुइठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको छ ।
लगातार वर्षा, भिरालो जमिन र कमजोर भूबनोटका कारण सडक माथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ ।
वर्षा नरोकिएसम्म अवरुद्ध सडक सञ्चालन गर्न नसकिने उनले बताए । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको भागलाई मानिएको छ । वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
बेनी–दरबाङ सडक बन्द
यसैबीच बेनी–दरबाङ सडकखण्डअन्तर्गत एक दर्जनभन्दा बढी ठाउँमा हिलो, बाढी र ठाडो खोलाका कारण सडक अवरुद्ध हुँदा यातायातका साधन बीच बाटोमा नै अलपत्र परेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वर्षासँगै सडक अवरुद्ध भएकाले पैदल र सवारीसाधन आवतजावतमा जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेका छन् । वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि गए रातिदेखि अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको अविरल वर्षका कारण पर्वतको जलजला गाउँपालिका–४ बारीबेनीमा झरेको ढुङ्गासहितको रेलोले मालबाहक ट्रकलाई क्षति पुर्याएको बारीबेनी प्रहरी चौकीले जनाएको छ ।
सडकखण्डअन्तर्गत जलजलादेखि मालढुङ्गासम्मका विभिन्न स्थानमा बाढी र पहिरोका कारण अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेका पनि वर्षा भइरहेकाले समस्या भएको प्रहरीको भनाइ रहेको छ । वर्षासँगै आएको बाढीले पर्वत बेनीको खानेपानीको पाइपमा समेत क्षति पुर्याएको छ ।
वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको जलजला गाउँपालिकाले जनाएको छ । डोजर बोलाएर सडक खुलाउनका लागि पहल भइरहेका भए पनि वर्षाले गर्दा समस्या भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वत बेनीमा नै अलपत्र परेका छन् । रासस
News Desk 0 response मङ्लबार, असार २३, २०७७


सम्बन्धित शीर्षकहरु

जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ नागरिकलाई खाना
बिहिबार, जेष्ठ २, २०८२-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२