

-
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७÷७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आफैँ सक्रिय ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गरे ।
उनले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने पनि चेतावनी दिए । उनले भने, “अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउन महिनाबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौँ । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।”
आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उनले भने, “तपाईँहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए÷नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।”
चालू वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिनभित्र गर्न र प्रत्येक हप्ता हरेक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने व्यवस्था मिलाइने उनले उल्लेख गरे । उनले कोभिड–१९ पछि सबै विमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुरेष्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा÷निकाय प्रमुखलाई निर्देशन दिएका छन् ।
News Desk 0 response आइतवार, असार १४, २०७७


सम्बन्धित शीर्षकहरु

जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ नागरिकलाई खाना
बिहिबार, जेष्ठ २, २०८२-
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२ -
युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति पुटिन सहभागी..
बिहिबार, जेष्ठ २, २०८२
-
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२