

-
काठमाडौँ । नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएको पार्टीको १४औँ महाधिवेशन तालिका अघि बढाउने विषयमा छलफल गर्ने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयमा आज बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारण प्रभावित भएको १४औँ महाधिवेशनको कार्यतालिका अघि बढाउने बारेमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसबाहेक कोरोना रोकथाम र उपचारमा थप प्रभावकारी काम गर्न सरकारलाई दबाब दिने बारेमा समेत छलफल हुने बताइएको छ ।
काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टीका मातहत निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिकाअनुसार गत २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो । उक्त कार्यतालिकाअनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पुर्याउने काम भए पनि कोरोनाका कारण वितरण र नवीकरण कार्य भने प्रभावित भएको थियो ।
काँग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन अगामी २०७७ कात्तिक १६, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन २०७७ कात्तिक २१ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २३ गतेका लागि निर्धारण गरेको छ ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २५, प्रदेश अधिवेशन २०७७ मङ्सिर २९ र केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो । केन्द्रीय महाधिवेशन निर्धारित मितिमै गर्ने गरी कोरोनाका कारण प्रभाावित हुने अन्य अधिवेशन तालिका हेरफेर गर्नेबारे छलफल हुने मुख्य सचिव पौडेलले बताए ।
काँग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुन २० देखि २३ गते सम्ममा काठमाडौँमा सम्पन्न भएको थियो । पार्टीको विधानमा सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै विधानले असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्ष सम्मको अवधि बढाउन सक्ने व्यवस्थासमेत गरेको छ । सोही व्यवस्थाअनुसार काँग्रेसले गत पुस ११ गते पार्टीको वर्तमान सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि एक वर्ष थप गर्नेलगायत निर्णय गरेको थियो ।
News Desk 0 response आइतवार, असार १४, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२