• चितवन । चितवन मेडिकल कलेजले ३० श्ययाको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरेको छ । कोरोना सङ्क्रमण भएकाहरुको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले ३० श्यया भेन्टिलेटरसहितको सुविधासम्पन्न सघन उपचार कक्ष हुने बताए । न्यौपानेका अनुसार यो सघन उपचार कक्ष कोभिड–१९ उपचारका लागि नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न हुनेछ । हाल चारवटा भेन्टिलेटर भए पनि १५ दिनभित्र ३० वटै भेन्टिलेटर आइपुग्नेछ ।

    स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ उपचारका लागि अनुमति माग गरिएको भन्दै उनले पिसिआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको बताए । मन्त्रालयले अनुमति दिएसँगै सघन उपचार कक्ष र प्रयोगशाला सञ्चालनमा आउने उनको भनाइ छ । अस्पतालले पाँच करोड खर्च गरेर प्रयोगशाला तयारी गरेको होे भने कोभिड–१९ सघन उपचार कक्षका लागि २५ करोड हाराहारी खर्च भएको उनले जानकारी दिए ।