

-
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सुरक्षण मुद्रण खरीद प्रक्रियालाई पारदर्शी बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले लामो समयदेखि मुलुकको आफ्नै सुरक्षण मुद्रण आवश्यक रहेको महसुस भएका बेला आगामी आर्थिक वर्षको बजेटमा सो प्रेसका लागि भवन र पूर्वाधारका विषय मात्रै बजेट विनियोजन गरिएको प्रष्ट पारे ।
उनले भवन निर्माणसँगै आगामी आवमा सुरक्षण मुद्रणको खरीदका लागि प्रक्रिया प्रारम्भ हुने तथा त्यो पारदर्शी र अन्तरराट्रिय प्रतिस्पर्धायुक्त हुने विश्वास दिलाए । उक्त कार्यक्रमका लागि स्रोत के हो भनी सांसदले सोधेको पूरक प्रश्नका जवाफमा सरकारका प्रवक्ता डा खतिवडाले भने, “दातृ निकाय वा ऋणबाट नभई नेपाल सरकारको आफ्नै स्रोतबाट बजेट परिचालन गरिने छ ।”
साइबर अपराध नियन्त्रणका विषयमा जवाफ दिँदै उनले सञ्चार मन्त्रालयसहित सूचना प्रविधि केन्द्र र नेपाल दूरसञ्चार प्राधिकरणको सहभागितामा साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरिएको जानकारी दिए । सेवा प्रदायक संस्था र नियामक निकायले आफ्नै बजेट प्रणालीबाट यो कार्यक्रम अघि बढाइने जानकारी उनले दिए ।
सामाजिक सञ्जालबाट हुने व्यक्तिको चरित्रहत्या रोक्न सरकारले ध्यान दिने र संसद्मा विचाराधीन कानून आए पनि त्यो थप व्यवस्थित हुने बताए । विज्ञापनको समन्यायिक वितरणका लागि विज्ञापन बोर्ड गठन भइसकेपछि सबै काम निश्चित मापदण्ड र वितरण प्रणालीमार्फत हुने उनले प्रष्ट्याए ।
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२