

-
गलकोट । गण्डकी प्रदेशमा आइतबार बिहान ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकी प्रदेशका चार जिल्लामा थप ३८ सङ्क्रमित भएको पुष्टि गरेका हुन् । थप भएका ३८ सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ ।
कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र २६ वर्षीय तथा एक जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६ वर्षीय एक पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय तथा भिरकोट नगरपालिका ४५ वर्षका पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षका पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय गरी १० जनामा कोरोना पुष्टि भएको हो । नवलपरासी बर्दाघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षका चार जनाका कोरोना पुष्टि भएको हो । रासस
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७


सम्बन्धित शीर्षकहरु
-
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२
-
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२ -
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न..
मङ्लबार, बैशाख ३०, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२