

-
काठमाडौँ । यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने समय जुन १ हो । तर यस वर्ष सो स्थानमै ढिलो अर्थात् जुन ५ भन्दा अगाडि मनसुन नभित्रिने सङ्केत देखिएकाले यहाँ पनि एक साता ढिलो मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिएका छन् ।
गत वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । उनका अनुसार मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जन हावाहुरीसहित वर्षा हुने गर्दछ ।
हाल पश्चिमी वायु, पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको छ । यी प्रणाली विकसित हुने क्रमै रहेकाले पनि मनसुन ढिलो भित्रिने अनुमान मौसमविद्को रहेको छ । एउटा प्रणाली आएपछि अर्को प्रणाली आउन केही समय लाग्छ ।
यसका साथै मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ । तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने बताइएको छ ।
मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने प्रक्षेपण गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस
News Desk 0 response बिहिबार, जेष्ठ १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



