

-
भक्तपुर । गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत प्रहरी नायब निरीक्षक ४५ वर्षीय निमबहादुर घर्तीको आज बिहान मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
राति काठमाडौँबाट तीव्रगतिमा भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नंको खाली टिपर र सोही टिपरको पछि–पछि आउँदै गरेको बा४ख ४३१८ नंको टिपरले थिमिचोकमा सडकको रेलिङ भाँच्दै ड्युटीमा खटिएका दाङ रामपुर स्थायी घर भएका प्रनानि घर्तीमगरलाई ठक्कर दिएको उनले जानकारी दिए ।
टिपरको ठक्करबाट गम्भीर घाइते घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो ।ठक्कर दिएर फरार भएका टिपर चालक धादिङ थाक्रे गाउँपालिका–८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई कौशलटारबाट र अर्का टिपरका चालक भक्तपुर नगरपालिका–३ का ४५ वर्षीय राकेश सैंजूलाई सल्लाघारीबाट प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ गिरीले जानकारी दिए । अनुसन्धानमा टिपर चालक सैंजूले मादक पदार्थ सेवन गरेको र दुवै चालकको लापरवाहीका कारण दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ १३, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२