

-
रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित शनिबार निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिए । “उनीहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भने । निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।
भारतबाट लुुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनुपर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भने, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।”
बुटवलकोे कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि शनिबारै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिए । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युुवक निको भएर घर फर्किएका थिए । शुक्रबार बाँकेको खजुुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोना जितेर घर फर्किएका थिए ।
मुख्यमन्त्रीको बधाई
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा भएका युवालाई बधाई दिएका छन् । “बधाई स्वास्थालाभ गर्नुहुने सबैलाई । अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई”, सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भनेका छन् ।प्रदेशमा कोरोना भाइरस जित्नेहरुको कुल संख्या ३२ पुगेको जनाइएको छ । यसअघि सोही अस्पतालवाट एक र बाँकेको खजुरास्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालवाट २१ जना स्वास्थलाभ गरी घर फर्किएका थिए । रासस
News Desk 0 response शनिबार, जेष्ठ १०, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२