

-
काठमाडौँ। आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम संसदका दुवै सदनबाट बहुमतले पारित भएको छ ।
यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसपछि नीति तथा कार्यक्रममाथी संसदका दुवै सदनमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएसँगै सो नीति तथा कार्यक्रम पारित भएको हो ।
प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले प्रस्ताव पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीलगायतले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।
नीति तथा कार्यक्रम पारितअघि दर्ता भएका पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रस्ताव फिर्ता नलिएपछि बुहमतबाट अस्वीकृत भएको छ । कांग्रेसका तर्फबाट रिजालले संशोधन दर्ता गराएका थिए । त्यस्तै अन्य पार्टीका सांसदले राखेको संशोधन प्रस्ताव पनि बुहमतबाट अस्वीकृत भएको छ ।
त्यसैगरी नीति तथा कार्यक्रमलाई आजै राष्ट्रियसभाले पनि पारित गरेको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले प्रस्ताव पारित भएको हो । कार्यक्रममाथि सदस्य अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।
News Desk 0 response मङ्लबार, जेष्ठ ६, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२