

-
कञ्चनपुर । कञ्चनपुरमा लकडाउनका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन् ।
क्वारेन्टाइनमा बस्दा खानपानको सम्पूर्ण व्यवस्था स्थानीय तहले मिलाएका थिए । क्वारेन्टाइनमा बस्नका लागि आउँदा सामान्य स्वास्थ्य जाँच गरिएकालाई आरडिटी परीक्षणपश्चात घर फिर्ता गरिएको छ । आरडिटीको नतिजा सबैको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता हुनेमा भीमदत्त नगरपालिकामा १४५, महाकाली नगरपालिकामा २२, वेदकोट नगरपालिकामा ३६, शुक्लाफाँटा नगरपालिकामा ४२, कृष्णपुर नगरपालिकामा ३४, पुर्नवास नगरपालिकामा ३४, बेलौरी नगरपालिकामा १२०, लालझाडी गाउँपालिकामा १४६ र बेलडाँडी गाउँपालिकामा ३० जना छन् ।
क्वारेन्टाइनको श्यया सङ्ख्या भीमदत्त नगरपालिकामा १००, महाकालीमा ५१, वेदकोटमा ६४, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३६, पुर्नवासमा ५०, बेलौरीमा १०५, लालझाडीमा ८९, बेलडाँडीमा २३ गरी ५४० रहेका छन् । कवारेन्टाइनमा १४ महिला र १४१ पुरुष गरी १५५ छन् । भारतबाट घर फर्कनेको सङ्ख्या बढ्दै जान थालेको छ । भारतबाट फर्किएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिँदै आएको छ । हालसम्म भीमदत्तमा ४५, महाकालीमा छ, वेदकोटमा छ, शुक्लाफाँटामा तीन, कृष्णपुरमा १४, पुर्नवासमा १५, बेलौरीमा १५, लालझाडीमा ४१, बेलडाँडीमा १० गरी १५५ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।
आइसोलेसन श्यया सङ्ख्या महाकाली अस्पतालमा आठ, वेदकोटमा छ र बेलौरीमा पाँच गरी १९ छन् । हालसम्म महाकाली अस्पतालमा १४८, भीमदत्त नगरपालिकामा ७६, महाकाली नगरपालिकामा ३६, वेदकोटमा ४३ गरी ३०३ जनाको पिसीआर विधिबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । तीमध्ये एक जनाको नतिजा पोजेटिभ आएकामा उपचारपछि उनी घर फर्किसकेका छन् । आरडिटी दुई हजार २९८ को गरिएकामा दुईको रिपोर्ट पोजेटिभ आएको थियो । दुवैको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।
कञ्चनपुरमा भारतलगायत अन्य देशबाट फर्केका पाँच हजार ८८२ जना रहेका छन् । विदेशबाट फर्केका सबैको स्वास्थ्य जाँच गरिएको छ । हालसम्म दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने २७ हजार २६५ जनालाई स्थानीय तहले राहत सामग्री उपलब्ध गराएका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ ४, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२