

-
भैरहवा । जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ । कारागारले आन्तरिकरुपमा कैदीबन्दीलार्ई सचेतना दिलाउने तथा सरसफाइको व्यवस्था गरे पनि दैनिकजसो प्रहरीले ल्याउने नयाँ व्यक्तिबाट संक्रमण फैलिने डर भएको कारागार प्रमुख नारायण पन्थीले जानकारी दिए ।
प्रहरीले दैनिकजसो तीनदेखि पाँच नयाँ व्यक्ति कारागार चलान गर्ने गरेको र नयाँ र पुराना कैदी एकैठाउँमा राख्दा समस्या देखिएको उनको भनाइ छ । कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी तथा कारागारमा नयाँ कैदी ल्याउने सुरक्षाकर्मी र ब्यारेक बाहिर बसेर ड्यटीका समयमा कारागार आउने प्रहरीबाट पनि संक्रमण फैलिने डर भएको कारागार स्रोतले जनाएको छ । विसं १९९० मा निर्मित पुरानो कारागार भवनमा १५० कैदी राख्ने क्षमता भए पनि अहिले ४३६ जना रहेका छन् ।
क्षमताभन्दा बढी कैदी राखिएको सो कारागारमा नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्ने स्थानसमेत नभएको जिल्ला कारागार सूचना शाखाले जनाएको छ । रुपन्देहीमा २८ कोरोना भाइरस संक्रमित भेटिएपछि कारागारले गृह मन्त्रालयमा संक्रमणको उच्च जोखिम रहेको प्रतिवेदनसमेत पठाइएको जनाएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ ३, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२