• काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदका दुवै सदनमा सरकारका तर्फबाट आव ७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको बताउँदै त्यसका लागि केही सुझाव भए सो दिन माग गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा सहभागी सदस्यहरूले केही महत्वपूर्ण सुझावहरू दिएको उनले बताए ।

    त्यसैगरी स्थायी समितिको बैठकबारे केही छलफल भयो कि भन्ने पत्रकारको जिज्ञासाको जवाफमा श्रेष्ठले त्यस विषयमा केही टुङ्गो नभएको र अब नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सचिवालय बैठकमा छलफल हुने बताएका छन् ।