• काठमाडौं । अव संघीय सांसदहरुले चस्मा,डायरी, कलम र औषधिलगाएतका सामान संसदभित्र लैजान नपाउने भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमकै बीच सरकारले भोलिबाट संसदको बर्खे अधिवेशन सुरु गर्दैछ।

    साथै छाता, लट्ठी, झोला, ब्रिफकेस, पावर बैंक, इयरफोन, पेनड्राइभ, चार्जर, चाबी,हातहतियार, सूतीजन्य पदार्थ, चकलेट चुइगम, पानीको बोतल, चस्मा, औषधी, धातुजन्य पदार्थ एवं सिक्का पैसा आदि लैजान निषेध गरेको छ।

    बैठक सञ्चालन अघि कोरोना भाइरसको परिक्षणको लागि आज प्रतिनिधिसभा, राष्ट्रिय सभाका सदस्य तथा संसदका कर्मचारीहरुको स्वाब संकलन पनि गरिएको छ।

    संसदमा विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको छ ।