

-
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले हाल नोभल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा अहोरात्र खटेर सूचना प्रवाहमा निरन्तर खटिरहेका सञ्चारकर्मीप्रति उच्च सम्मान प्रकट गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विषम अवस्थामा पनि निरन्तर सूचना सङ्कलन गरी सचेतना जगाउने र राज्यका सबै अङ्गलाई झक्झकाइरहने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मान व्यक्त गरेका हुन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन अर्पण गरेका सञ्चारकर्मीप्रति सभामुख सापकोटाले हार्दिक श्रद्धासुमन प्रकट गरेका छन् । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।
सभामुख सापकोटाले प्रेस स्वतन्त्रता समाज र लोकतान्त्रिक प्रणालीको दर्पण भएको उल्लेख गर्दै पत्रकारिता सचेत समाज निर्माणका लागि आवश्यक उच्चतम अभ्यास भएको बताएका छन् । प्रेसकोे मूलकर्म आमजनतालाई सुसूचित गराउने, उत्प्रेरित गर्ने र जनमत सिर्जना गर्ने भएको तथ्य पेश गर्दै सभामुख सापकोटाले भनेका छन्, “विषम र विशेष परिस्थितिमा प्रेसको महत्व झनै बढ्ने गर्छ ।
विश्वव्यापी महामारीको हालको अवस्थामा जीवनलाई जोखिममा राखेर आफ्नो कर्ममा लागिरहनुुहुने सञ्चारकर्मीमा यो दिवसले थप ऊर्जा र हौसला मिल्ने विश्वास लिएको छु ।” उनले समतामूलक समाज निर्माण, सम्मानपूर्ण जीवन यापन एवं मानव जीवनको समृद्धिको पक्षमा सञ्चार जगत् सदैव उभिइरहने उत्प्रेरणा मिल्ने कामनासमेत गरेका छन् ।
News Desk 0 response आइतवार, बैशाख २१, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



