

-
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले हाल नोभल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा अहोरात्र खटेर सूचना प्रवाहमा निरन्तर खटिरहेका सञ्चारकर्मीप्रति उच्च सम्मान प्रकट गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विषम अवस्थामा पनि निरन्तर सूचना सङ्कलन गरी सचेतना जगाउने र राज्यका सबै अङ्गलाई झक्झकाइरहने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मान व्यक्त गरेका हुन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन अर्पण गरेका सञ्चारकर्मीप्रति सभामुख सापकोटाले हार्दिक श्रद्धासुमन प्रकट गरेका छन् । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।
सभामुख सापकोटाले प्रेस स्वतन्त्रता समाज र लोकतान्त्रिक प्रणालीको दर्पण भएको उल्लेख गर्दै पत्रकारिता सचेत समाज निर्माणका लागि आवश्यक उच्चतम अभ्यास भएको बताएका छन् । प्रेसकोे मूलकर्म आमजनतालाई सुसूचित गराउने, उत्प्रेरित गर्ने र जनमत सिर्जना गर्ने भएको तथ्य पेश गर्दै सभामुख सापकोटाले भनेका छन्, “विषम र विशेष परिस्थितिमा प्रेसको महत्व झनै बढ्ने गर्छ ।
विश्वव्यापी महामारीको हालको अवस्थामा जीवनलाई जोखिममा राखेर आफ्नो कर्ममा लागिरहनुुहुने सञ्चारकर्मीमा यो दिवसले थप ऊर्जा र हौसला मिल्ने विश्वास लिएको छु ।” उनले समतामूलक समाज निर्माण, सम्मानपूर्ण जीवन यापन एवं मानव जीवनको समृद्धिको पक्षमा सञ्चार जगत् सदैव उभिइरहने उत्प्रेरणा मिल्ने कामनासमेत गरेका छन् ।
News Desk 0 response आइतवार, बैशाख २१, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२