

-
घोडाघोडी । सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।
“ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आकाशतिर हेर्दै खुशी व्यक्त गरिरहेका वीरसिंहका आँखाबाट खुशीका आँसु झरिरहेको थियो । सरकारले आफ्ना नागरिकलाई सुरक्षित तरिकाले घरसम्म ल्याउने वातावरण बनाएकामा उनी खुशी देखिन्थे । “हामीले त आस मारिसकेका थियौँ घर फर्कन पाइन्छ भनेर तर सरकारले घर पुर्याइछाड्यो, सरकारले अभिभावक भएको कर्तव्य पूरा गरेको आभास भयो” उनले भने ।
“हामी नेपाली भूमि फर्कन चाहन्थ्यौँ, बरु आफ्नै देशका क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर कुनै पनि अवस्थामा नेपाल आउन चाहन्थ्यौँ” धार्चुलाबाटै फर्किएका घोडाघोडी नगरपालिका–९ का रामसिंह ऐडीले भने । तर सीमा बन्द र लकडाउन बढ्दै गएपछि घरमा रहेका दुई वर्षका छोरा र परिवारलाई सम्झेर रुँदै दिन काटेको उनले दुखेसो पोखे । “लामो समय क्वारेन्टाइनमा बस्दा घरको चिन्ताले सताउँथ्यो, आज आफ्नै गाउँ पुग्दा असाध्यै खुशी भएको छु”, ऐडीले भने । अब केही दिन यहाँ क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभएको छ, बस्छु त्यसपछि घर गएर छोरालाई खेलाउने एकदमै चाहना भएको उनको भनाइ छ ।
धार्चुलामै अलपत्र परेर शुक्रबार घोडाघोडी पुगेकी घोडाघोडी–८ लठुवाकी ६५ वर्षीया लक्ष्मीदेवीले विक आफ्नो भूमि आउन पाइएला भन्ने कुरा सोच्न छाडिसकेको अवस्थामा आउन पाइएकाले संसारभरको खुशी प्राप्त भएझैँ लागिरहेको बताइन् । आर्थिकरूपमा कमजोर भएका कारण कमाउन बूढाबूढी भारत गएको दुई महिनामै रोग फैलिएका कारण फर्कनुपरेको बताउँदै उनले भएको पैसा सकिएर झनै समस्या भएको छ भनिन् । सरकारले फर्काउलाजस्तो नलागे पनि आशा गरेर बसेका आफूजस्ता मजदुरलाई फर्काएकामा उनले खुशी व्यक्त गरिन् ।
“जिन्दगीमा कहिलेकाहीँ नसोचेको पनि हुँदोरहेछ”, घोडाघोडी नगरपालिका –९ का श्याम चौधरीले भने, “नेपाल भारतको सीमामा अलपत्र परेका आफ्ना साथी महाकाली पौडिएर नेपाल आएको देख्दा लाग्थ्यो अब हाम्रो पनि यस्तै अवस्था आउँछ । तर मनमा सरकारले आफ्ना जनतालाई त्यसै मर्न कहाँ देला र ? आखिर हामीलाई हाम्रो सरकारले घरसम्म ल्याइदियो सरकारलाई धेरै–धेरै धन्यवाद छ ।”
विक, ऐडी, चौधरी मात्र होइन, कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपालीहरु विगत एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेपछि शुक्रवार आफ्नो घर फर्किन पाउँदा निकै खुशी भएका हुन् । रासस
News Desk 0 response शनिबार, बैशाख २०, २०७७


सम्बन्धित शीर्षकहरु
-
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२
-
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२ -
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न..
मङ्लबार, बैशाख ३०, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२