

-
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्रमिक एवं विपन्न वर्गका लागि निःशुल्क भोजन शुरु गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेलाई अप्ठ्यारो भएपछि नगरपालिकाको समन्वयमा किड्स साङ्ग्रिला होम संस्थाले निःशुल्क भोजन शुरु गरेको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । निःशुल्क भोजनका लागि स्थानीय युवाले स्वयंसेवीका रूपमा खाना बनाउने र वितरणको काममा सहयोग गरिरहेका छन् ।
नगरपालिकाको वडा नं ७ दक्षिणढोकामा पनि नगरपालिकाको समन्वयमा होमले निःशुल्क भोजन शुरु भएको छ । बन्दाबन्दी लम्बिँदै गएपछि दैनिकरूपमा कमाएर जीवनयापन गर्नेलाई कठिनाइ भएकाले राहतस्वरुप निःशुल्क भोजनको व्यवस्था गरिएको सो संस्थाका कार्यक्रम संयोजक दिनेश भण्डारीले बताए । दुवै स्थानमा हाल दैनिक एक हजारभन्दा बढी मानिसले भोजन गरिरहेका छन् । भोजन गर्न आउनेलाई सामाजिक दूरी कायम गरी सुरक्षित तरिकाले प्याकेटमा वितरण गर्ने गरिएको छ ।
नगरपालिकाका अन्य सात स्थानमा यसअघि नै विभिन्न सङ्घसंस्थाको सहयोगमा निःशुल्क भोजनको व्यवस्था गरिएको थियो । नगर क्षेत्रमा धेरै श्रमिक वर्गका मानिस बस्ने भएकाले तिनलाई दाताको व्यवस्था गरी भोजन गर्ने प्रबन्ध गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।
होमले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था साङ्ग्रिला होम भिजेडडब्ल्यूको सहयोग लिइ ४० विपन्न वर्गका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा दिइरहेको छ । ती बालबालिकाका अभिभावकलाई पनि एक महिनासम्म पुग्ने गरी राहत वितरण गरिएको छ । नौ वडा रहेको नगरपालिकाका अन्य सात वडाका वडाध्यक्षको समन्वयमा एउटा वडालाई ५० बोरा चामल, सात बोरा दाल, तेल, तरकारीलगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको जनाइएको छ ।
News Desk 0 response बिहिबार, बैशाख १८, २०७७


सम्बन्धित शीर्षकहरु

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, गएको १ वर्षमा मात्रै ९१ अर्ब ५९ करोड थपियो
बुधबार, जेष्ठ १, २०८२-
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२
-
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२