

-
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्रमिक एवं विपन्न वर्गका लागि निःशुल्क भोजन शुरु गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेलाई अप्ठ्यारो भएपछि नगरपालिकाको समन्वयमा किड्स साङ्ग्रिला होम संस्थाले निःशुल्क भोजन शुरु गरेको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । निःशुल्क भोजनका लागि स्थानीय युवाले स्वयंसेवीका रूपमा खाना बनाउने र वितरणको काममा सहयोग गरिरहेका छन् ।
नगरपालिकाको वडा नं ७ दक्षिणढोकामा पनि नगरपालिकाको समन्वयमा होमले निःशुल्क भोजन शुरु भएको छ । बन्दाबन्दी लम्बिँदै गएपछि दैनिकरूपमा कमाएर जीवनयापन गर्नेलाई कठिनाइ भएकाले राहतस्वरुप निःशुल्क भोजनको व्यवस्था गरिएको सो संस्थाका कार्यक्रम संयोजक दिनेश भण्डारीले बताए । दुवै स्थानमा हाल दैनिक एक हजारभन्दा बढी मानिसले भोजन गरिरहेका छन् । भोजन गर्न आउनेलाई सामाजिक दूरी कायम गरी सुरक्षित तरिकाले प्याकेटमा वितरण गर्ने गरिएको छ ।
नगरपालिकाका अन्य सात स्थानमा यसअघि नै विभिन्न सङ्घसंस्थाको सहयोगमा निःशुल्क भोजनको व्यवस्था गरिएको थियो । नगर क्षेत्रमा धेरै श्रमिक वर्गका मानिस बस्ने भएकाले तिनलाई दाताको व्यवस्था गरी भोजन गर्ने प्रबन्ध गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।
होमले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था साङ्ग्रिला होम भिजेडडब्ल्यूको सहयोग लिइ ४० विपन्न वर्गका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा दिइरहेको छ । ती बालबालिकाका अभिभावकलाई पनि एक महिनासम्म पुग्ने गरी राहत वितरण गरिएको छ । नौ वडा रहेको नगरपालिकाका अन्य सात वडाका वडाध्यक्षको समन्वयमा एउटा वडालाई ५० बोरा चामल, सात बोरा दाल, तेल, तरकारीलगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको जनाइएको छ ।
News Desk 0 response बिहिबार, बैशाख १८, २०७७

सम्बन्धित शीर्षकहरु
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



