

-
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् । गोकर्णेश्वर ८ र ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् ।
विभिन्न संघसंस्थाको सहयोगमा पोको पारिएको निःशुल्क खाना वितरण गरिँदै आएको आरुबारी डाँडागाउँ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले जानकारी दिए । उनका अनुसार न्यूनतम सामाजिक दूरी कायम गरी कुपनमार्फत बिहान १० देखि ११ बजेसम्म र साँझ ६ देखि ७ बजेसम्म पाँच पाँच सय जनालाई निःशुल्क खाना वितरण हुँदै आएको छ । ऐतिहासिक ढुङ्गेधारा कुवा प्राङ्गणमा प्रत्येक दिन खाना वितरण हुँदै आएको छ । खाना लिन आउने सबैको शरीरको तापक्रम जाँच्ने, अनिवार्य मास्क, साबुन पानीले हात धुने र स्यानिटाइजर व्यवस्था गरिएको उनले जानकारी दिए ।
लकडाउन अवधिमा खान नपाएका वर्गलाई तोकिएको स्थान र अपांगता भएकालाई घरसम्म नै खाना पुर्याउने व्यवस्था गरिएको स्थानीय स्पोर्टस युवा क्लबका अध्यक्ष अनिल देवकोटाले जानकारी दिए । उनका अनुसार खाना वितरणसँगै पशुपति तथा स्वयम्भूनाथ क्षेत्रमा रहेका बाँदर, कुकुर तथा छाडा चौपायालाई खाद्यान्न तथा फलफूलसमेत वितरण गरिएको छ ।
लकडाउनदेखि नै सबै संस्था मिलेर नियमित सडक सफाइदेखि औषधि छर्कने तथा चोरी तथा अनावश्यक हिँडडुल रोक्न महानगरीय प्रहरी वृत्त बौद्धको समन्वयमा दिवा तथा रात्रि गस्तीसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए । स्थानीय स्पोर्टस स्पेशल क्लब, बृहस्पति मार्गटोल विकास समाज, आरुबारी डाँडागाउँ टोल सुधार समाज, आनन्दपुर महिला समाज, गोकर्णेश्वर सेवा समाज तथा आनन्दपुर/आरुबारी टोलबासी र अन्य सहयोगीको सहयोगमा निःशुल्क खाना वितरण हुँदै आएकोछ । गोकर्णेश्वर नगरपालिकाका अन्य वडामा समेत स्थानीयवासीको पहलमा निःशुल्क खाना वितरण हुँदै आएको छ ।
News Desk 0 response बुधबार, बैशाख १७, २०७७

सम्बन्धित शीर्षकहरु
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ स् प्रधानमन्त्री कार्की
बिहिबार, मंसिर १९, २०८२
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



