

-
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् । गोकर्णेश्वर ८ र ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् ।
विभिन्न संघसंस्थाको सहयोगमा पोको पारिएको निःशुल्क खाना वितरण गरिँदै आएको आरुबारी डाँडागाउँ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले जानकारी दिए । उनका अनुसार न्यूनतम सामाजिक दूरी कायम गरी कुपनमार्फत बिहान १० देखि ११ बजेसम्म र साँझ ६ देखि ७ बजेसम्म पाँच पाँच सय जनालाई निःशुल्क खाना वितरण हुँदै आएको छ । ऐतिहासिक ढुङ्गेधारा कुवा प्राङ्गणमा प्रत्येक दिन खाना वितरण हुँदै आएको छ । खाना लिन आउने सबैको शरीरको तापक्रम जाँच्ने, अनिवार्य मास्क, साबुन पानीले हात धुने र स्यानिटाइजर व्यवस्था गरिएको उनले जानकारी दिए ।
लकडाउन अवधिमा खान नपाएका वर्गलाई तोकिएको स्थान र अपांगता भएकालाई घरसम्म नै खाना पुर्याउने व्यवस्था गरिएको स्थानीय स्पोर्टस युवा क्लबका अध्यक्ष अनिल देवकोटाले जानकारी दिए । उनका अनुसार खाना वितरणसँगै पशुपति तथा स्वयम्भूनाथ क्षेत्रमा रहेका बाँदर, कुकुर तथा छाडा चौपायालाई खाद्यान्न तथा फलफूलसमेत वितरण गरिएको छ ।
लकडाउनदेखि नै सबै संस्था मिलेर नियमित सडक सफाइदेखि औषधि छर्कने तथा चोरी तथा अनावश्यक हिँडडुल रोक्न महानगरीय प्रहरी वृत्त बौद्धको समन्वयमा दिवा तथा रात्रि गस्तीसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए । स्थानीय स्पोर्टस स्पेशल क्लब, बृहस्पति मार्गटोल विकास समाज, आरुबारी डाँडागाउँ टोल सुधार समाज, आनन्दपुर महिला समाज, गोकर्णेश्वर सेवा समाज तथा आनन्दपुर/आरुबारी टोलबासी र अन्य सहयोगीको सहयोगमा निःशुल्क खाना वितरण हुँदै आएकोछ । गोकर्णेश्वर नगरपालिकाका अन्य वडामा समेत स्थानीयवासीको पहलमा निःशुल्क खाना वितरण हुँदै आएको छ ।
News Desk 0 response बुधबार, बैशाख १७, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२