

-
सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजूरी दिएका छन् ।
यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुव्र्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेका हुन् । स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुव्र्यवहार सहन नसकेर उजूरी दर्ता गराएको जानकारी दिए ।
“मेरो नैतिकतामाथि नै प्रश्न उठ्ने गरी कार्यपालिकाको बैठकमा अपशब्द बोल्ने र ज्यान मार्ने योजना बनाएकाले कानूनी बाटो रोजेको हुँ”, उनले भने । उनले पत्रकार सम्मेलनमार्फत दुव्र्यवहार गरिएको घटनाको अडियोसमेत सार्वजनिक गरेका छन् ।
कार्यपालिकाको बैठकमा उपाध्यक्षमाथि अपशब्द बोल्नुका साथै दुव्र्यवहार गरेको आरोपसहितको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । “उपाध्यक्षले बैठकमा छलफल भइरहेको समयमा दुव्र्यवहार गरेको भनी दर्ता जाहेरीबारे अनुसन्धान अगाडि बढाएका छौँ”, प्रनाउ धामीले भने । अधिकृत बुढासहित स्थानीय अमरजङ्ग शाहीविरुद्ध पनि उजूरी परेको प्रहरीले जनाएको छ ।
यो घटनाबारे बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत बुढासँग सम्पर्क हुन सकेन । दुव्र्यवहारका अर्का आरोपित शाहीले १२ गते राहतसम्बन्धीको बैठक भइरहेको तर आफू बाहिर रहेको बताए । बैठकमा सामान्य भनाभन भए पनि हातपात नभएको उनले प्रतिक्रिया दिए ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उपाध्यक्ष रोकाया र प्रशासकीय अधिकृत बुढाबीच भनाभन भएको जनाए । यसअघि सो गाउँपालिकाले सबै नागरिकलाई २५ केजी नुनसहित ३० केजीका दरले सबै घरधुरीलाई चामल वितरण गरेको र त्यसमाथि उठेको गुनासोका बारेमा १२ गते बसेको कार्यपालिकाको बैठकमा यो विवाद भएको थियो । रासस
News Desk 0 response बुधबार, बैशाख १७, २०७७

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



