

-
भैरहवा । लकडाउनपछि नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च निगरानी बढाएको छ । सरकारले सीमाक्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्देशनपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको हो ।
भारतीय सीमा क्षेत्रसँंग जोडिएको प्रदेश नं ५ का जिल्लामा पनि सशस्त्र प्रहरी बल परिचालन भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । यस प्रदेशमा करीब ७ हजार सशस्त्र प्रहरी बल परिचालन भएको बताउँदै सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सीमा क्षेत्रमा करीब ३५० जाँचचौकी स्थापना गरिएको जानकारी दिए । “प्रदेश ५ मा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा सशस्त्र प्रहरी बल बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयनमा खटिएको छ”, प्रवक्ता श्रेष्ठले भने । सीमाक्षेत्रमा अस्थायी चौकी निर्माण गरी बलले सुरक्षा दिनाका साथै नियमित मोटर पेट्रोलिङसमेत गरिरहेको छ ।
कोभिड–१९ को लडाइँमा सशस्त्र प्रहरीले सीमा क्षेत्रदेखि गाउँगाउँसम्म पुगेर जनतालाई सचेतना दिलाउँदै सरकारले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गरेको प्रदेश नम्बर ५ सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म सूचना शाखाले जनाएको छ ।
प्रदेशका १२ जिल्लामध्ये ६ जिल्ला भारतीय सीमासँंग जोडिएकाले यस क्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा रोक्ने काम पनि सशस्त्र प्रहरीले गरिरहेको ३८ गुल्मले जनाएको छ । खुला सीमाका कारण चोरी, तस्करी तथा सीमा अपराधले बढावा पाएको नेपाल भारत सीम क्षेत्रमा अहिले व्यापक रुपमा बल परिचालन भएपछि नियन्त्रण भएको छ ।
सीमाक्षेत्रमा हाल खटिएका सशस्त्र प्रहरी बललाई निरन्तरता दिनुपर्ने स्थानीवासीको माग छ । उनीहरुलाई प्राविधिक रुपमा समेत सक्षम बनाएर सधैँका लागि सीमामा खटाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख १६, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२