

-
काठमाडौँ । पुनःनिर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा नीति–निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले विसं २०७३ देखि सञ्चालन गरेको कार्यक्रमले पारदर्शिता कायम गर्न सहयोग गरेको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सरकार, स्थानीय तह र साझेदार संस्थाबाट भएका पुनःनिर्माण र पुनःस्थापनाका कार्यमा जबाफदेहीता, पारदर्शिता र गुणस्तर कायम गर्ने उद्देश्यले कार्यक्रम भइरहेको टीआइ नेपालका कार्यक्रम अधिकृत शारदा नेपालीले जानकारी दिइन् । पुनःनिर्माणसम्बन्धी सरकारी नीति र कार्यक्रममा पारदर्शिता बढाउने, शैक्षिक संस्थाको पुनःनिर्माण समयमै र गुणस्तरीयरूपमा सम्पन्न गर्ने, पुनःनिर्माणसम्बन्धी सार्वजनिक खरिद पारदर्शी र जवाफदेही बनाउन प्रयास गर्ने टीआइ नेपालको उद्देश्य छ ।
यसैगरी पुनःनिर्माणमा नागरिक समाजको संलग्नता र चासो बढाउने, सञ्चार क्षेत्रको सहयोग लिई पुनःनिर्माणसम्बन्धी सूचना सम्प्रेषण गर्ने, पुनःनिर्माणसम्बन्धी वित्तीय प्रतिवेदनमा नागरिक पहुँच बढाउने, व्यावसायिक र नागरिक सङ्घसंस्थाको पुनःनिर्माणसम्बन्धी प्रयास पारदर्शी बनाउन पनि टीआइ नेपालले भूमिका निर्वाह गरेको छ । पुनःनिर्माणसम्बन्धी सेवा प्रवाहमा युवा र विद्यार्थीको संलग्नता बढाउने, पुनःनिर्माणको गुणस्तरमापन गर्न सहकार्य गर्ने र भूकम्पपीडितको गुनासो सङ्कलन र सम्बोधनमा सहजीकरण गर्ने काम १४ जिल्लामा भइरहेको कार्यक्रम अधिकृत नेपालीले बताइन् ।
कार्यक्रम सञ्चालन गर्न १४ वटै जिल्लामा जिल्ला कार्यालयसहित कार्यक्रम अधिकृतलगायत कर्मचारीको पनि व्यवस्था गरिएको जनाइएको छ । जिल्ला कार्यालय स्थानीय तहका वडास्तरसम्म पुगेर स्थलगतरूपमा अनुगमन गरी काम गरिरहेका छन् । हालसम्म चार लाख ९४ हजार ४४ लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । थप एक लाख ९० हजार १४५ आवास पुनःनिर्माणको चरणमा छ । अन्तिम किस्ता भुक्तानीका लागि पाँच लाख ६१ हजार ६५० प्रमाणीकरण गरिएको छ । निजी आवास पुनःनिर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।
भूकम्पबाट क्षतिग्रस्त सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४९२ विद्यालय पुनःनिर्माणको क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामध्ये ४०२ को पुनःनिर्माण सम्पन्न भएको छ । एक सय ४१ सम्पदा पुनःनिर्माण भइरहेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए । एक हजार १९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ को पुनःनिर्माण सकिएको छ । एक सय ४५ स्वास्थ्य संस्था पुनःनिर्माणको चरणमा छन् ।
यसैगरी ४१५ सरकारी भवनमध्ये ३४९ को पुनःनिर्माण सम्पन्न भएको छ । उन्पचास सरकारी भवन पुनःनिर्माणको चरणमा छन् । सुरक्षा निकायका १९४ संरचनाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । बाइस वटा पुनःनिर्माणको क्रममा छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण पुनःनिर्माणका काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ । आगामी पुसमा प्राधिकरणको पाँच वर्षे कार्यकाल पूरा हुँदै छ । रासस
News Desk 0 response मङ्लबार, बैशाख १६, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२