

-
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना २०७७ पारित गरेको छ ।
प्रदेशका मुख्यमन्त्री एवं केन्द्रका संयोजक त्रिलोचन भट्टको अध्यक्षतामा शनिबार सम्पन्ने बैठकले पारित गरेको कार्ययोजना सम्बन्धित निकायमा पठाई त्यसको प्रगति प्रतिवेदन समेत मगाउने निर्णय गरिएको छ ।
बैठकले बाहिरबाट प्रदेशमा प्रवेश गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सेवा निर्देशनालयले बनाएको मार्गदर्शन बमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, गड्डा चौकी र त्रिनगर भन्सार सीमा नाका हुँदै भित्रिने मालबाहक र प्रदेशभित्र चल्ने बस र सवारी साधनमा नियमित रुपमा स्यानिटाइजको व्यवस्था मिलाउने, कोरोनाको परीक्षण प्रयोगशालामा देखिएको जनशक्तिको अभाव पूर्तिका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
केन्द्रको बैठकले आगामी दिनमा सिर्जना हुन सक्ने खाद्यान्नको अभावलाई मध्यनजर गरी प्रदेशमा उत्पादन भएको खाद्यान्न निर्यात हुन नदिनका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दर पछिल्ला दिनमा स्थिर अवस्थामा छ । कोरोना सङ्क्रमित भएको पुष्टि भई सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना मध्ये चार जना निको भई डिस्चार्ज भइसकेका छन् ।
उपचाररत एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । रासस
News Desk 0 response सोमवार, बैशाख १५, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२