

-
भोजपुर । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उनले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गरेका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भने, ‘‘प्रदेश सरकारको तयारी राम्रो छ, हामीले आत्तिनुपर्ने अवस्था छैन, हामीले शुरुमै सम्भावित परिस्थितिको आकलन गरेर राम्रो तयारी गर्न सकेकाले अहिले देखापरेको सङ्क्रमण सहजरूपमा सामना गर्न सकिरहेका छौँ ।”
सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भए पनि प्रदेश सरकारले विराटनगरमा १०० श्ययाको आइसोलेसन अस्पताल तयार गरिसकेको उनले बताए । त्यस्तै उनले कोरोना रोकथामका लागि उच्च सतर्कताका साथ प्रदेश सरकारले काम गरिरहेको बताए । “सङ्क्रमित सङ्ख्या बढ्दै गएको भए पनि डराउनुपर्ने अवस्था छैन, प्रदेश सरकार आफैँले कोरोना भाइरसको छुट्टै उपचार गर्न अस्पताल निर्माण गरिसकेको छ, आवश्यक परेमा अन्य ठाउँमा पनि निर्माण गर्ने तयारीमा छ, यस प्रदेशमा उपचारमा कुनै पनि कमी हुनेछैन ।”
कोरोना देखिएको ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए । “प्रदेश सरकारले स्थानीय तहमा राहत वितरण तथा स्वास्थ्य उपकरण खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ भने अन्य थप समस्या आएमा प्रदेश सरकारले सहयोग गर्छ”, उनले भने ।
उनले राहतका लागि प्रदेश सरकारले नौ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए । उक्त रकमबाट महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकाकालाई १० लाख र गाउँपालिकालाई पाँच लाखका दरले विनियोजन भएको समेत जानकारी दिए ।
प्रदेशमा भएका क्वारेन्टाइनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तथा सुरक्षाकर्मी परिचालन गरी क्वारेन्टाइनको कडा निगरानी गरिने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । त्यस्तै सामाजिक विकासमन्त्री जीवन घिमिरेले विश्वव्यापीरूपमै स्वास्थ्य सामग्री अभाव भएको भए पनि प्रदेश नं १ मा स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणलगायतको व्यवस्थापन तत्काल गरिने बताए । उनले चिकित्सकको सल्लाहबमोजिम कोरोना नियन्त्रणका लागि प्रदेशका अन्य क्षेत्रमा अस्थायी कोरोना अस्पताल निर्माणका लागि गृहकार्य थालेको जानकारी दिए ।
सुरक्षा व्यवस्था तथा जनचेतनामूलक गतिविधि बढाएको भए पनि स्वास्थ्य सामग्री अभावका कारण सहजरूपमा सेवा प्रवाहमा कठिनाइ भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराए । साथै उनले लकडाउनका कारण समस्यामा परेका कृषकलाई ध्यानमा राख्दै राहतको कार्यक्रम ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कोरोना रोकथामका लागि जिल्लामा भइरहेको काम तथा कामका दौरान उत्पन्न भएका समस्याको विषयमा प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी गराए । प्रजिअ पुरीले भोजपुर जिल्लामा तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको मुख्यमन्त्रीसमक्ष जानकारी गराए । गाउँपालिकालाई थर्मलगन चार थान, पिपिइ, १० थान, एन–९५ मास्क ५० थान स्यानिटाइजर ६० थान, पञ्जा एक हजार थान, भिटिएम र आरडिटी किट १००/१०० थानलगायतका स्वास्थ्य सामग्री प्रदेश सरकारले उपलब्ध गराएको छ । रासस
News Desk 0 response आइतवार, बैशाख १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



