

-
कैलाली । पहिलो चरणमा भारत तथा तेस्रो मुलुकबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखेर घर पठाइसकेका कैलालीका स्थानीय तहलाई देशभित्रैबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्न चुनौती देखिएको छ । जिल्ला छाडेर कामको सिलसिलामा देशका विभिन्न जिल्ला पुगेका नागरिक पैदल हिँडेरै गन्तव्यसम्म पुग्न थालेपछि स्थानीय जनप्रतिनिधिलाई तिनको व्यवस्थापन गर्न चुनौती देखिएको हो ।
बाहिरी जिल्लाबाट आएका स्थानीय नागरिकलाई प्रदेश नं ५ र सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली चिसापानीमा प्रहरीले विशेष निगरानी गर्दै आएको छ । जबसम्म सम्बन्धित स्थानीय पालिकाको आधिकारिक व्यक्ति त्यहाँ पुग्दैन वा जनप्रतिनिधिले जिम्मा लिँदैनन्, तबसम्म प्रहरीले कसैलाई पनि छाड्ने गरेको छैन । स्थानिय पालिकाले आफ्नामा बसोबास गर्दै आएका नागरिकलाई त्यहाँबाट ल्याएर क्वारेन्टाइनमा राख्ने गरेको छ । क्वारेन्टाइन खचाखच भरिन थालेका छन् । क्वारेन्टाइन भरिन थालेपछि स्वास्थ्य जाँच मात्रै हैन खान र बस्नसमेत समस्या हुन थालेको छ ।
टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसलाई पहिलो चरणमा क्वारेन्टाइन बनाए पनि मान्छेको चाप बढेपछि थप चार क्वारेन्टाइन थपेको छ । उसले राष्ट्रिय माध्यमिक विद्यालय बेलुवा र कर्णाली माध्यमिक विद्यालय सत्तीमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ भने सेतीमैयाँ चौधरी माध्यमिक विद्यालय झुंगा र कर्णाली माध्यमिक विद्यालय टीकापुरलाई तयारी अवस्थामा राखी व्यवस्थापनको काम गरिरहेको छ ।
नगरपालिकाका स्वास्थ्य तथा जनसंख्या प्रबद्र्धन शाखा प्रमुख बलबहादुर रावलका अनुसार नगरपालिकाले हालसम्म ७० जनालाई क्वारेन्टाइनमा राखेर घर फिर्ता पठाइसकेको छ । जानकी गाउँपालिकाले पहिलो चरणमा सरस्वती माध्यमिक विद्यालय दुर्गौलीलाई क्वारेन्टाइन बनाएकामा हाल मान्छेको चाप बढेपछि थप दुई क्वारेन्टाइन थपेको छ । गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, ‘एक दिनमा ३० देखि ३५ जनाका दरले मान्छे थपिएका छन् । व्यवस्थापनमा निकै समस्या भइरहेको छ । हालसम्म ३५ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाएको छ ।’
लम्कीचुहा नगरपालिकामा हाल १५८ जना क्वारेन्टाइनमा छन् । जोशीपुर गाउँपालिकाले २०३ जनालाई क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाले तीन ठाउँमा क्वारेन्टाइन बनाएको बताउँदै गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकामा पर्याप्त स्वास्थकर्मी र स्वास्थ्य सामाग्री उपलब्ध नभएका कारण तिनको स्वास्थ परीक्षणमा समस्या हुँदै आएको बताए ।
भजनी नगरपालिकाले १३६ जनालाई क्वारेन्टाइनमा राखेको छ । कैलारी गाउँपालिकामा १७० भन्दा बढी क्वारेन्टाइनमा रहेको बताउँदै गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले दैनिक १० देखि १५ जनाको दरले बढिरहेको बताए । गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले पहिलो चरणमा ३० जनालाई क्वारेन्टाइनमा राखेर घर पठाइसकिएको र हाल ३६ जना रहेको बताए । गोदावरी नगरपालिकामा भने पहिलो चरणको भन्दा क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएको छ । चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले पहिलो चरणमा क्वारेन्टाइनमा रहेको सात जनालाई घर पठाइएको बताउँदै हाल १० जना रहेको जानकारी दिए ।
स्थानीय पालिकाका प्रमुखले यही अवस्था रहे प्रदेश र संघीय सरकारको समन्वय आवश्यक रहने बताए । उनीहरुले प्रदेश सरकारले स्थानीय तहलाई बजेट मात्र पठाएको तर समन्वयको कुरामा एक कल फोनसमेत नभएको गुनासो गर्दै आएका छन् । रासस
News Desk 0 response आइतवार, बैशाख १४, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२