

-
झापा । झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
“कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्”, सभापति ढकालले भने, “स्वदेश आउनका लागि १५० ले नाम टिपाएका छन्, अरु ५०÷६० जना रहेको जानकारी आएको छ ।” उनीहरुलाई स्वदेशमा ल्याउन पहल भइरहेकाले पूर्वतयारी भइरहेको उनले बताए ।
उनीहरुलाई स्वदेश प्रवेशपछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण शुरु गरिएको छ । मेची क्याम्पसको साइन्स ब्लक र बीएससीएचआटीको भवनमा करिब २०० श्ययाको क्वारेन्टाइन बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
“सीमा क्षेत्रमा नेपाली रहेका छन्, उनीहरुलाई ल्याउने पहल भइरहेको छ”, उनले भने, “त्यसका लागि पूर्वतयारीअनुरुप क्वारेन्टाइन बनाउन लागिएको हो ।” एक सय श्ययाको क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री तयार रहेको सभापति ढकालले बताए । उनीहरु नेपाल आएपछि क्वारेटाइनमा राखेर कोरोना परीक्षणपछि घर जान दिइने सभापति ढकाल बताउँछन् ।
यता झापामा हालसम्म ७९४ को द्रुत परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये १०८ जनाको स्वाब, आरडिटी ७६१, पिसीआर १०८, आरडिटी र पिसीआर दुवै ७५ जनाको गरिएको छ । चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ भने ७५७ को आरडिटी नेगेटिभ आएको छ ।
यस्तै १०० जनाको पिसीआर नेगेटिभ आएको छ भने सात जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए । झापाका १५ स्थानीय तहले २७ स्थानमा ७९२ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा हाल २०३ रहेका छन् भने २८७ क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।
News Desk 0 response आइतवार, बैशाख १४, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसक्यो : सभापति..
बिहिबार, बैशाख ४, २०८२