

-
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उनले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाइ क्रियाकलाप वैकल्पिक विधिबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरेका छन् ।
शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई उनले धन्यवाद व्यक्त गरे । विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले बताए ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले कोरोना माहामारीको विद्यमान अवस्थामा शिक्षण सिकाइ क्रियाकलापका वैकल्पिक उपायको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व गर्ने सङ्गठनको कास्की समितिलाई धन्यवाद व्यक्त गरे ।
शिक्षक महासङ्घले कक्षा १० का विद्यार्थीको एसइई परीक्षालाई मध्यनजर गरी गठित विद्यार्थी हेल्प डेस्कमा बसी सहयोग गर्ने ३५ शिक्षकको सम्पर्क फोनलाई टोल फ्रि बनाउने कुरा सरकारका प्रतिनिधिसँग भए पनि कार्यान्वयनमा नआएको बताए । उनले सबै विद्यार्थी पैसा तिरेर शिक्षकलाई फोन गर्न सक्ने अवस्थामा नभएकाले तुरून्त शिक्षकहरूका तोकिएका सम्पर्क फोनलाई टोल फ्रि बनाउन आग्रह गरेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकलाई प्रविधिमैत्री बनाउन कास्कीले लिएको अग्रसरताको प्रशंसा गरेका थिए । कोरोना कहरले बन्दाबन्दीको अवस्थामा देशैभरिबाट एकाएक शिक्षक प्रविधिको उपयोगप्रति उत्सुक देखिएको उनले बताए ।
प्रतिनिधिसभा सदस्य पदम गिरीले कोरोना सन्त्रासले अस्तव्यस्तता ल्याएको समयमा पनि शिक्षणको वैकल्पिक बाटोबारे प्रयास गरिएको बताउँदै शिक्षा र स्वास्थ्यको जिम्मेवारी पूर्णरूपमा राज्यले लिनुपर्ने जोड दिएका थिए । अब आउने शिक्षा ऐनले शिक्षाको व्यापार र दलाली गर्ने नभई आमजनताको पहुँचमा पुग्ने कुराको सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिएका थिए ।
सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले प्रशिक्षणको शुरूदेखि आजसम्मका कार्यक्रम, सहभागी, उपलब्धि तथा चुनौती सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला सचिव तीर्थराज ढकाल, सङ्गठनका उपाध्यक्षद्वय वसुन्धरा पौडेल र हर्कबहादुर लामिछाने, गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष केशवराज घिमिरेलगायतले कोरोना महामारीमा अनलाइन शिक्षाको आवश्यकता तथा औचित्य बढ्दै गएकामा जोड दिएका हुन् । रासस
News Desk 0 response आइतवार, बैशाख १४, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२