

-
महोत्तरी । कोरोना भाइरस सन्त्रासबीच आज शनिबार शुरु भएको रमदान महिनासँगै इस्लाम धर्मावलम्बीले घरघरै नमाज (प्रार्थना) अदा (समर्पण) गर्दैछन् । हिजरी संवत्को रमदान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा गरिने नमाज यसपालि महोत्तरीका इस्लाम धर्मावलम्बीले कोभिड–१९ को महामारी रोकथामका लागि घरघरै गर्न थालेका हुन् ।
संसारभरि कोरोना सन्त्रास छाएका बेला पवित्र रमदान महिना शुरु भएको हुँदा ‘‘घरघरै नमाज गरिने निर्णय गरिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । “रमदानमा मस्जिदमा सामूहिक नमाज अदा गर्ने परम्परा त हो”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका ८० वर्षीय हाजी (सउदी अरेबियाको मक्का मदिना गएर विशेष धार्मिक विधि पूरा गरेका इस्लाम धर्मावलम्बी सन्त) बिहारी अन्सारीले भेने, “यसपालि कोरोना सन्त्रास छल्न सरकारले लकडाउन घोषणा गरेको हुँदा त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गर्ने निधो गरेका हौँ ।”
इस्लाम परम्परामा रमदान महिना शुरु भएपछि दिनभरि अन्नजल केही नखाइ उपवास बस्ने र ब्रह्मचर्यमा रहने धार्मिक परम्परा छ । प्रत्येक दिन बिहान ४ः०५ बजे (नेपाली समयअनुसार) पूर्व ‘सेहरी’ (सामूहिकरूपमा खाइने बिहानको खाजा) र साँझ छः३५ बजेपछि ‘इफ्तार’ (साँझको नमाजपछि खाइने खाजा) गर्न यसपालि मोल्वीहरु (धर्मगुरु) ले निर्देशन दिनुभएको जिल्लाका इस्लाम धर्मावलम्बीले बताएका छन् । ‘सेहरी’ र ‘इफ्तार’ तथा दिनभरि पाँचपटक अल्लाह (ईश्वर) को पुकारा गरिने ‘नमाज’ सामूहिकरूपमा गरिने यसअघिको परम्परा भए पनि यसपालि भने कोभिड–१९ को सन्त्रासले घरघरै आफ्ना परिवारका सदस्यबीचमात्र सबै विधि गरिन निर्देशन आएको बलवा नगरपालिका–१० का मन्सुल कवारीले बताए ।
जिल्लामा जलेश्वरस्थित मस्जिदका मोल्वीले जारी गर्ने निदेश धार्मिक परम्परामा मान्य हुने चलन छ । जिल्लाका सबै मस्जिदलाई यसपालि रमदानका विधि पूरा गर्न घरघरै धार्मिक विधि पूरा गर्न आवश्यक सूचना सम्प्रेषण गर्ने जिम्मेवारी दिइएको जलेश्वर मस्जिदका मोल्वी मौलाना हशरतले जानकारी दिए । यसबीचमा कुनै मस्जिद र मदर्साहरुमा विदेशबाट आएका कोही लुकीछिपी बसेका छन् भने क्वारेन्टाइनसम्म पुर्याउन पनि अपिल गरिएको मोल्वी हशरतको भनाइ छ ।
इस्लाम परम्परामा रमदान महिनाभरि रोजा र नमाज गर्दै अन्त्यमा इद–उल–फित्र पर्व मनाउने गरिन्छ । रमदानमा आफ्नो आम्दानीको दुई दशमलम पाँच प्रतिशत (२.०५ प्रतिशत) गरिब दुःखीका लागि इद मनाउन ‘जकात’ छुट्याउने परम्परा छ । यसपालि यो ‘जकात’ कोरोना रोकथाम कोषमा अझ बढी मन फुकाएर जम्मा गर्न जिल्लाका इस्लाम धर्मगुरुहरुले अपिल गरेका छन् ।
जिल्लाका १५ वटै स्थानीय तहमा इस्लाम धर्मावलम्बीको बसोबास भए पनि जलेश्वर, लोहारपट्टी, रामगोपालपुर, मटिहानी र भङ्गाहा नगरपालिका एवं सम्सी गाउँपालिका सघन बसोबासका क्षेत्र हुन् । जिल्लामा इस्लाम धर्मावलम्बी यादव र साहपछि तेस्रो बढी जनसङ्ख्या भएको समुदाय हो । रासस
News Desk 0 response शनिबार, बैशाख १३, २०७७


सम्बन्धित शीर्षकहरु

जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ नागरिकलाई खाना
बिहिबार, जेष्ठ २, २०८२-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२