

-
रत्ननगर । कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ ।
केही समयदेखि हात्ती प्रजनन केन्द्र खोरसोर रहँदै आएको मौका पारी रेडियोकलर जडान गरी ट्रयाकिङ गर्न शुरु गरिएको हो । रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ–कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ । “दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ”, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण प्रकाश उप्रेतीले भनेका छन् । विसं २०६९ मङ्सिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जिपीएससहित रेडियोकलर जडान गरेको थियो । पुस १५ देखि हात्ती सम्पर्कविहीन भयो ।
रेडियोकलर माघ २४ गते पर्सा निर्मलबस्तीको जङ्गलमा फेला परेको थियो । यो समयमा ध्रुवेलाई मानुपर्ने चर्को आवाज उठेको थियो । त्यसपछि ध्रुवे करिब तीन वर्षअघि मात्रै निकुञ्जमा देखियो । वर्षको एक दुईपटक हात्ती प्रजनन केन्द्र खोरसोर देखापर्ने ध्रुवे आजभोलि बोक्लोरूपमा देखिँदै आएको थियो । यही मौका परी निकुञ्ज र संरक्षण केन्द्रले ध्रुवेलाई रेडियोकलर लगाउन सफल भएको हो ।
यस पटक भने स्याटेलाइट रेडियोकलर जडान गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले भने, “यो कम्तीमा दुईदेखि चार वर्षसम्म चल्छ । जिपीए रेडियोकलरभन्दा यसबाट हात्तीको अवस्था छिटो पत्ता लगाउन सकिन्छ ।”
विसं २०६९ कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मङ्सिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास शुरु भएको थियो । ध्रुवेले विसं २०६६ देखि २०६९ भित्रको समयमा १५ जनाको ज्यान लिएको थियो भने ५० बढी घर भत्काएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन् । तिनीहरू एक्लाएक्लै हिँड्छन् । तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन् ।
नेपाल–भारत आवतजावत गर्ने करीब ४० देखि ५० हात्ती निकुञ्जमा छन् । निकुञ्जले पालेका ५७ हात्ती छन् । चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे र रोनाल्डोलाई रेडियोकलर जडान गरिएको छ । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट वर्षेनी धनजनको क्षति हुने गरेको छ । वर्षौँदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसक्यो : सभापति..
बिहिबार, बैशाख ४, २०८२