

-
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूविरुद्ध गलत प्रचार गराएको आरोप लगाएका छन् ।
बस्नेतले समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण नै नभएको विषयलाई भट्टराईले अपहरण भनेर व्यक्तिको चरित्रहत्या गर्ने कार्य गरेको बताएका हुन् ।
बस्नेतले डा यादव स्वयंले अपहरण होइन, सँगै काठमाडौँ आएका हौँ भनिसकको अवस्थामा समेत व्यक्तिको चरित्रहत्या गर्ने गरी प्रचार नगर्न आग्रह गरेका छन् ।
बस्नेतको प्रश्न छ, “होटलमा बसेका यादवलाई अपहरण शैलीमा लैजाने बाबुराम भट्टराई हुन् कि अशोक राई हुन् ? अपहरण कस्ता कुरालाई भनिन्छ ?, सगलत प्रचार र चरित्र हत्या गर्नेलाई साइबर क्राइमको मुद्दा किन नचलाउने ?”
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुरको जगातीबाट कतिपय बाटोमा अलपत्र परेका मजदुरलाई उद्धार गरी घर पठाएको र बनेपासम्मका अलपत्र मजदुरलाई घर पठाउने क्रममा आफू बनेपा पुग्दा डा यादवले जनकपुरको आफ्नै घरमा बोलाएको बस्नेतको भनाइ छ ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२



