

-
काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । अहिले प्रिमनसुनका साथै पश्चिमी वायुको प्रभाव रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ ।
मौसमविद् अर्याललका अनुसार नेपालको पश्चिमी भूभागबाट पश्चिमी वायु विकसित हुने क्रममै रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने छ । आज बिहान केही समय मौसम खुले पनि अपराह्नपछि देशभर बदली भई वर्षाको सम्भावना रहेको बताइएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा रहेको पश्चिमी वायु अझै सक्रिय हुने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल देशको पहाडी भूभागमा सामान्य र तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । भोलि देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । यसका साथै भोलि पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लौ विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम १७ दशमलव छ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२