

-
दमौली । गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेशको व्यवस्था मिलाउने निर्णय गरेसँगै आँबुखैरेनी गाउँपालिकाको समन्वयमा कोरसोलिन भाइरस नष्ट गर्ने औषधि (टिएच) बाट सवारी साधन निसङ्क्रमण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले जानकारी दिए ।
यस कार्यलाई निरन्तरता दिइने जनाउँदै थापाले भने, “गण्डकी प्रदेशमा आउने सबैखालका सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेश दिइनेछ”, यसले प्रदेशलाई सुरक्षित राख्न सहयोग पुग्नेछ ।”
सवारी साधनलाई निसङ्क्रमण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले कोरसोलिन टिएच औषधि गाउँपालिकालाई उपलब्ध गराएको छ । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार पहिलो चरणमा पाँच दिनलाई पुग्ने औषधि गाउँपालिकालाई उपलब्ध गराइएको र थप औषधि पनि उपलब्ध गराइनेछ ।
सवारी साधन निसङ्क्रमण गर्नका लागि आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित युवा क्लबका युवाहरु पनि खटिनेछन् । बन्दाबन्दीका क्रममा पृथ्वी राजमार्ग हुँदै दैनिक २५० भन्दा बढी सवारी साधन गण्डकी प्रदेश भित्रिने गरेका छन् ।
उक्त ठाउँमा गाउँपालिकाले स्वास्थ्य सहायताकक्षसमेत सञ्चालनमा राखेको छ । स्वास्थ्य सहायताकक्षबाट प्रदेश प्रवेश गर्ने सबैको ज्वरो मापन गर्ने कार्य भइरहेको छ । त्यसका लागि गाउँपालिकाले स्वास्थ्य सहायताकक्षमा दुई स्वास्थ्यकर्मी खटाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल मनकामना गणबाट उक्त नाकामा चौबिसै घण्टा प्रहरी परिचालन गरिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।
पुलजीपमा राखिएको स्वास्थ्य सहायताकक्षबाट एक हजार ९०८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिकाका अनुसार तीमध्ये १५३ महिला र एक हजार ७५५ पुरुष छन् । रासस
News Desk 0 response बुधबार, बैशाख १०, २०७७

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



