

-
धनुषा । जिल्लामा लुकेर बसेका हुन सक्ने जमातीहरुलाई कोरोना उपचार तथा क्वारेन्टाइनमा ल्याई सहयोग गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले मुस्लिम अगुवाहसँग समग्र शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सम्बन्धमा बैठक गरी सो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले विभिन्न राजनीतिक दलका मुस्लिम प्रतिनिधि तथा मौलानाहरुलाई जमातीहरुलाई परीक्षणमा ल्याउन सहयोग गर्न आग्रह गरेका हुन् ।
कार्यालयका सुचना अधिकारी गणेशचन्द्र मिश्रका अनुसार बैठकले जिल्ला भित्र रहेका सम्पूर्ण मन्दिर, मस्जिद, गुम्बालगायतका धार्मिक संरचनामा नवआगन्तुक तथा अपरिचित व्यक्तिलाई वास नदिने तथा नयाँ व्यक्तिहरु आएमा सम्बन्धित संस्थाले तत्काल स्थानीय प्रशासनलाई खबर गर्ने र सामाजिक सञ्जालबाट कुनै पनि अफवाह नफैलाउन नहुने निर्णय गरेको छ ।
नेपालमा जमात समूहका मुस्लिमबाट कोरोनाको जोखिम बढेको भन्दै उनीहरुको तथ्याङ्क तत्काल सङ्कलन गर्न राष्ट्रिय मुस्लिम आयोगले पनि निर्देशन दिइसकेको छ ।
उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष समीम मियाँ अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । उनीहरु धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा रोकिएका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२