

-
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको त्रासका कारण गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पौडेलले भारत तथा अन्य देशबाट समेत रोजगारी गुमाएर फर्कनसक्ने लाखौँ युवाबारे ध्यान दिन सकिएन भने त्यसले गम्भीर असर गर्नसक्ने बताएका हुन् ।
उनले एकल तथा सामूहिक एवं चक्लाबन्दी खेतीलाई व्यवस्थित गर्ने, पशुपालनलगायत कृषिमा रोजगारी एवं स्वरोजगारीको अवसर सिर्जना गर्नसक्ने हो भने त्यस्ता जनशक्तिको व्यवस्थापन हुने धारणा राखेका हुन् । मुख्यमन्त्री पौडेलले अब हिजो बाँझो भएको खेत जोत्नुपर्ने र उत्पादनमा लाग्नुपर्ने बताए । “अब हरेक स्थानीय तहले कहाँ–कति खेतबारी बाँझो छन् र त्यसलाई कसरी उर्वर बनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भने ।
उनले लकडाउनको अवधिमा रोकिएका साना विकास निर्माणका काम र कृषि उद्यमलाई सावधानीसहित र पूर्ण सुरक्षाका साथ पुनःसञ्चालन गर्न अनुरोध गरेका छन् । पौडेलले स्थानीय प्रशासनको निर्देशन मान्ने गरी प्रत्यक्ष निगरानीमा एउटै परिवारका सदस्य मिलेर सञ्चालन भएका तथा थोरै जनशक्ति भएका आवासीय घरेलु तथा साना उद्योग त्यसैलाई क्वारेन्टाइन मानेर सञ्चालन गराउन अनुरोध गरेका छन् ।
मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामरीबाट बच्न विदेशबाट आएका हरेक नागरिक र तिनीसँग सम्पर्कमा रहेका आफन्तको परीक्षण गर्नुपर्ने हुँदा उनीहरुको खोजी गरी परीक्षण गर्नुपर्ने बताए । कतिपय त्यस्ता नागरिक लुकेरसमेत बसेको पाइएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । पौडेलले विभिन्न स्थानबाट गाउँ फर्कँदै गरेका नागरिक जो–कोहीलाई पनि गाउँ फर्कन व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले खाद्य सामग्री पुर्याएर रित्तै फर्किएका गाडीमा उनीहरुलाई पठाउँदा खर्चसमेत नलाग्ने भएकाले स्थानीय प्रशासनसँग समन्वय गरेर पठाउन अनुरोध गरेका छन् ।
मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिका, मेलम्ची नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, शिवपुरी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका थिए । त्यस्तै मख्यमन्त्री पौडेलले आज दिउँसो १ बजे रसुवा र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग कुराकानी गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२



