-
काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएका १० प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
नेपाल सरकार, मन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार बढुवा भएका उनीहरुलाइ प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । डिआइजीमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा भएका थिए । गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वको सिफारिस समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको गत चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दज्र्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाइ तथा शुभकामना दिँदै जिमेवारीमा पूर्ण प्रतिबद्ध भई कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिएका थिए । प्रदेशस्तरमा समायोजन गर्ने चुनौती रहेको उल्लेख गर्दै उनले प्रदेश प्रमुखका रुपमा खटी जाने प्रहरी अधिकृतले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिएका थिए ।
कोभिड १९ को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न समेत उनले निर्देशन दिएका थिए । पदोन्नति भएका अधिकृतको तर्फबाट प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले सङगठनले अङ्गिकार गरेका नीति एवम् जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७
सम्बन्धित शीर्षकहरु
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु
बिहिबार, भदौ २७, २०८१भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने प्रयास जारी
बिहिबार, भदौ २७, २०८१नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१-
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न..
बिहिबार, भदौ २७, २०८१ -
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१ -
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने..
बिहिबार, भदौ २७, २०८१ -
नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१ -
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा..
बिहिबार, भदौ २७, २०८१
-
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न..
बिहिबार, भदौ २७, २०८१ -
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१ -
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने..
बिहिबार, भदौ २७, २०८१ -
नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१ -
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा..
बिहिबार, भदौ २७, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१